FAQs Complain Problems

श्री वृद्द आधरभुत विद्यालयमा ११ औं वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न

 

बागचौर नगरपालिका वडा नं २ चयालगाँउ श्री वृद्द आधारभुत विद्यालयले ११ औं वार्षिक उत्सव आज भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीले दियो बालेर र ब्यानर पढेर उक्त कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो । कार्यक्रममा वडा १ अध्यक्ष नेत्र बहादुर डाँगी, वडा नं. ३ अध्यक्ष टिकाराम के.सी. वडा नं. २ सदस्य मुना के.सी., वडा नं. १ सचिव डम्बर बि.क. लगायत अन्य शिक्षक, बुद्दिजिवि, अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी विद्यालयको भौतिक अबस्था कमजोर रहेकोले उक्त विद्यालयको लागी छिटै नै विकास निर्माण गरिने बताउनु भयो ।

विद्यालयमा विद्यार्थिभाईबहिनिहरुको विभिन्न कला तथा प्रस्तुति देखेर खुसी व्यक्त गर्दै उक्त विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई धन्यबाद दिनुभयो साथै हाजिरजबाफमा सहभागी विद्यार्थि भाईबहिनिहरुलाई पुरस्कृत समेत गर्नु भएको थियो ।

कार्यक्रमको सभा अध्यक्ष श्री वृद्द आधरभुत विद्यालय वि.व्य.स. अध्यक्ष अर्जुन नेपालीले गर्नु भएको थियो भने संचालन उक्त विद्यालयका प्र.अ. पहल बहादुर के.सी.ले गर्नुभएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु