FAQs Complain Problems

बागचौर नगरपालिका पाँचौं नगर सभा २०७६ सफलता पुर्वक सम्पन्न ।

 बागचौर नगरपालिकाले आर्थीक वर्ष २०७६/७७ का लागी विभिन्न ११ बुदे कार्यक्रमहरु लाई आफनो मुख्य प्राथमीकतामा राखेको छ ।
मंगलबार देखी सुरु भएको पांचौं नगरसभाले नगरको समृद्धिका लागी भन्दै नगरपालिका भित्र शहीद रींगरोड, बिद्युतीकरण, नगरका मुख्य सडकहरु, सुद्ध खानेपानी, अग्लाटाकुरा भ्यु टावर, कृषी तथा पशुपालन, सबै वडामा स्वास्थ्य चौकी तथा क्लिनिक बीस्तार, नगर स्तरीय खेलमैदान तथा रंगशाला नीर्माण, चिस्यानकेन्द्र नीर्माण, पानीका मुहान संरक्षण, रीचार्ज पोखरी नीर्माण, बाल उद्यान, जेष्ठ नागरीक भेटघाट स्थल, माध्यमीक बीद्यालयमा प्राबीधीक शिक्षा, शहिदपार्क, शहिद स्तम्भ, जनयुद्ध स्मृती संग्रालय, नगर क्षेत्रभित्रका सरकारी कार्यालय, सार्बजनिक बीद्यालय र स्वास्थ्य संस्थाका भवनहरुको रङ्घ क्षेत्रगत रुपमा एउटै बनाउने प्रस्ताव अघी सारेको छ ।
नगर सभाको उद्घाटन प्रतिनिधी सभा सदस्य टेक बहादूर बस्नेतले पानसमा बत्ती बालेर गर्नु भयो । सभाको शुभकामना मन्तव्य राख्दै बस्नेतले समृद्ध देश नीर्माणको लागी चालु खर्च भन्दा पनी पुजीगत लगानी बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहांले बर्तमान सरकारले पुंजीगत लगानीमा जोड दिन नसकेको भन्दै जसले पुजीगत लगानीमा जोड दीन्छ उ नै प्रगतीशील सरकार हुने बताउनु भयो । बागचौर नगरपालिकाले यस आर्थीक वर्षमा चालु खर्चभन्दा पुजीगत खर्च तेब्वर बढाएकोले यो नगरपालीकाको भबिष्य उज्वल रहेको समेत उहांले बताउनु भयो । उद्धघाट्न सत्रमा बोल्दै सासंदले बस्नेतले वजेट बिनियोजनका सिमाहरु हुने भएकाले उक्त सिमाहरुको अध्यान् गरेर जनमूखी योजना,निति तथा बजेट बिनियोजन गर्न नगरपालिका लाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतीथी ने.क. पा का कर्णाली प्रदेश सदस्य कृती बहादुर पुनले नगरपालिका भित्रका, नगरबासीको भावनासंग मेल खाने नीती कार्यक्रम तथा बजेट ल्याउन सुझाव दिदै पांचौं नगरसभा सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सल्यान क्षेत्र नं १ का सभापती गोरख बहादुर के सी, इलाका प्रशासन कार्यालय बागचौरका प्रमुख चिन्तामणी रेग्मी लगायतले पांचौं नगरसभा सपmलताको शुभकामना दिनुभएको थियो ।
नगरसभामा नगरपालिकाका उपप्रमुख कल्पना पुनले कृषी, पशुसेवा, पर्यटन, घरेल्ु तथा साना उद्योग, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा, खेलकुद, कला साहीत्य, सडक, सींचाइ, बिद्युत, भवन आवास, बन, भुसंरक्षण, बिपद व्यवस्थापन, बजार, सुशासन, कानुन, सुचना प्रबिधि, गैरसरकारी संस्था, राजस्व, जुवातास मदीरा, सुरक्षा लगायत अन्य नीती तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।
आगामी आर्थीक वर्षका नीती तथा कार्यक्रम कार्यान्वयन गर्नका लागी चालु खर्च तर्फ रु ९ करोड ७१ लाख ९८ हजार, पुजिंगत निर्माण खर्च तर्फ रु १४ करोड ५२ लाख, १८ हजार र सशर्त अनुदान चालु खर्च र पुजिंगत खर्च समेत रु २१ करोड ७३ लाख गरेर जम्मा रु रु ४९ करोड ४९ लाख ४९ हजार बिनियोजन गरिएको बताउनु भयो।

नगरपालिकाको बजेट बारे बोल्दै,कार्यक्रमका अध्यक्ष तथा बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले उक्त बजेट जनतामूखी भएको र जनताका भावना, अपेक्षा र आबश्यक्ता अनुसार बिनियोजन गरीएको समेत बताउँनु भयो ।उहाँले उक्त निती, कार्यक्रम र बजेटलाई लागु गर्न सबैमा, अनुरोध गर्न भयो ।

बागचौर नगरपालिकाको, नीती,कार्यक्रम र वजेट बारे छलफल भने जारी रहनेछ ।

Fiscal Year:

शाखागत कर्मचारीहरु