FAQs Complain Problems

विदेश तथा जिल्ला बाहिर रहेका व्यक्तिहरुको तथ्याङ्क ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नगरबासीको उद्धार लगायत कुरालाई मध्यनजर गर्दै बागचौर नगरपालिकाले जिल्ला बाहिर र देश बाहिर रहेका रहेका नगरबासीको तथ्याङ्क सङ्कलन गरेर सार्वजनिक गरेको छ ।

जसअनुसार जिल्ला बाहिर र देश बाहिर गरेर जम्मा ५ हजार ७ सय २५ जना नगरबासी रहनुभएको छ ।

नेपाल भित्र (सल्यान जिल्ला बाहिर) १ हजार २८ जना रहनुभएको छ । भारतमा ३ हजार ४ सय १२ जना रहनुभएको छ भने भारत बाहेक तेस्रो देशमा १ हजार २ सय ८५ जना रहनुभएको छ ।

पुनश्च : बागचौर नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा कोही छुट्नुभएको छ भने सम्बन्धित वडा अध्यक्ष वा बागचौर नगरपालिकाका सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला, फोन नम्बर कमेन्ट बक्समा उल्लेख गरिएको छ ।

Supporting Documents: 

Fiscal Year: