FAQs Complain Problems

बागचौर नगर स्तरीय वार्षिक परिक्षा प्रारम्भ

बागचौर नगर स्तरीय वार्षिक परिक्षा आज मिति २०७४ चैत्र ०८ गते दिउसो ०१:०० देखि सुरु भएको छ । बिगतमा हुने गरिएको कक्षा ०८ को जिल्ला स्तरीय परिक्षा र कक्षा ०५ को श्रोतकेन्द्र स्तरीय परिक्षा पनि यस वर्षदेखि नगर स्तरमा नै संचालन भएको छ | परिक्षाको वातावरण लाई शान्तिपुर्ण भय रहित र मर्यादित बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैको महत्त्वपूर्ण भुमिका रहन्छ नै त्यसमा थप समन्वयको लागि प्रत्येक परिक्षा केन्द्रमा केन्द्राध्यक्ष, निरीक्षक र भिन्न विद्यालयबाट एक पर्यवेक्षक शिक्षक समेत व्यवस्था गरिएको छ। यसका साथै नगर स्तरमा परिक्षा अनुगमनको लागि परिक्षा समन्वय समिति, नगर शिक्षा समिति र नगर परिक्षा समिति समेत घुम्तीमा टोलिको रूपमा परिचालन हुनेछन। 

नगरपालिका बाट संचालित नगरस्तरीय परीक्षा कक्षा ५ देखि कक्षा ९ सम्म प्रा.वि. मा ३१, नि.मा.वि. मा १५ र मा.वि. मा १० गरि जम्मा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् |
कक्षा ०५ को उत्तरपुस्तिका जनकल्याण नमुना उ.मा.वि. थारमारे, कालिका मा.वि. कोटमौला, बालकन्या मा.वि. कोटबारा र सरस्वती मा.वि. पेदिखोला मा परिक्षण गर्ने निर्णय गरियको छ |
कक्षा ०८ को उत्तरपुस्तिका बागचौर नगरपालिका नगर शिक्षा शाखामा परिक्षण तथा नतिजा प्रकाशन गर्ने व्यवस्थापन गरिएको छ |

यस बागचौर नगरपालिकाबाट संचालित नगरस्तरीय परीक्षामा निम्न विद्यार्थीहरु रहेका छन् |

कक्षा    छात्रा      छात्र       जम्मा

५        ५४१       ४५५       ९९६

६        ६०९       ४९९       ११०८

७        ५७५      ५७१       ११४६

८         ६३०       ५१०       ११४०

९         ५५७      ४९२       १०४९
जम्मा    २९१२     २५२७    ५४३९
कक्षा १० को माध्यमिक शिक्षा परिक्षा (SEE) पनि आज बिहान ८  बजेदेखि सुरु भएको छ | यस बागचौर नगरपालिकामा ५०८ छात्र र ६३१ छात्रा गरि जम्मा ११३९ जना विद्यार्थीहरु रहेका छन | परीक्षासंग सम्बन्धित सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुमा यस बागचौर नगरपालिका पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछ |

शाखागत कर्मचारीहरु