FAQs Complain Problems

मा. वि. स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता उद्घाटन कार्यक्रम ।

 शिक्षा समितिको आयोजनामा मा. वि. स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिताको आज सहिद दिवस (माघ १६ गते ) को अवसर पारेर जनकल्याण नमूना मा. वि. थारमारेको प्राङ्गणमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संघीय व्यवस्थापिका सांसद तथा पुर्व सामान्य प्रशासन मन्त्री माननीय श्री टेक बहादुर बस्नेतले पानसमा दियो बालेर उद्घाटन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष श्री लोकमान बुढाथोकीले गर्नु भएको थियो भने संचालन शिक्षा शाखा प्रमुख श्री टेक बहादुर डि. सी. ले गर्नु भएको थियो ।

आज सम्पन्न भएका विभिन्न प्रतियोगिता र त्यसको नतिजा यस प्रकार रहेको छ ।
१) लोकनृत्य प्रतियोगिता 
# जनकल्याण नमुना मा. वि. थारमारे (निशा बस्नेत / सभ्यता वली ) - प्रथम
# कालिका मा. वि. कोटमौला (विनिता के. सी.) - द्वितीय 
# दुर्गा सरस्वती मा. वि. बाफुखोला (कमला वली / सीता के. सि.) - तृतीय 
२) कविता प्रतियोगिता 
# सरस्वती मा. वि. शिवरथ ( लिला डि. सी. ) - प्रथम 
# जन कल्याण मा. वि. थारमारे (जगदीश जलन के. सि.) - द्वितीय 
# बाल कन्या मा. वि. कोटबारा ( कमल खड्का ) - तृतीय 
३) श्रुतिलेखन प्रतियोगिता 
# कालिका मा. वि. कोटमौला (कविता चन्द) - प्रथम 
# महेन्द्र मा. वि. पिपलनेटा (सुन्दर के. सी.) - द्वितीय 
# जन कल्याण मा. वि. थारमारे (प्रमेश बस्नेत ) - तृतीय

भोलि माघ १७ गते हुने कार्यक्रमहरु :
१) हाजिरी जबाफ प्रतियोगिता 
२) लोक गीत प्रतियोगिता 
३) विज्ञान प्रदर्शनी
४) समूह छलफल

कार्यक्रम माघ १७ गतेसम्म जारी रहनेछ ।

Fiscal Year:

शाखागत कर्मचारीहरु