FAQs Complain Problems

वार्षिक परीक्षा संचालन तथा व्यवस्थापन संम्बन्धी अन्तरक्रिया कार्यक्रम

मिति २०७४/११/२८  गते यस बागचौर नगरपालिका स्तरीय प्रधानध्यापकहरुको शैक्षिक वर्ष २०७४ को  वार्षिक परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रम यस बागचौर नगपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा नगरस्तरीय परीक्षालाई व्यवस्थित, मर्यादित रुपमा संचालन तथा नगरको शैक्षिक विकासको लागि निम्नलखित निर्णयहरु  गरिएको छ |

१. प्रत्येक विद्यालयका प्रधानध्यापक(प्र.अ.) केन्द्राअध्यक्ष रहने गरि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), अभिभावक, शिक्षक तथा विद्यार्थी बिच अन्तर्क्रिया गरि  परीक्षालाई मर्यादित र व्यवस्थित गर्ने |

२.कक्षा ८ को वार्षिक परीक्षाको उत्तर पुस्तिका परिक्षण केन्द्र बा.न.पा. शिक्षा शाखामा परिक्षा सम्पन्न भएको भोलिपल्ट मिति २०७४/१२/१८ गते   जम्मा गर्ने |

३. कक्षा ५ को वार्षिक परिक्षाको उत्तरपुस्तिका परिक्षणको लागि देहायका परिक्षा केन्द्र तोक्ने निर्णय गरियो |

 ->केन्द्र क जनकल्याण नमुना मा.वि . थारमारे वडा नं. १, २, ३ 

 -> केन्द्र ख सरस्वती मा. वि. शिवरथ पेदिखोला वडा नं. ४, ५, १२ 

 -> केन्द्र ग बालकन्या  मा.वि. कोटबारा, ताटके वडा नं. ६, ७, ११  

 -> केन्द्र घ कालिका मा.वि. कोटमौला वडा नं. ८, ९, १० 

४. कक्षा ५ को उत्तर पुस्तिका संकलन र परीक्षण गराउने जिम्मा सम्बन्धित परिक्षाकेन्द्र बिद्यालयका प्र.अ. को हुने |

५. कक्षा ६, ७ र ९ को उत्तर पुस्तिका परिक्षण जिम्मा सम्बन्धित विद्यालयले लिने |

६. सबै कक्षाहरुको नतिजा २०७४/१२/२९ गते प्रकाशित गर्ने |

७. शैक्षिक सत्र २०७५ को नया भर्ना २०७५/१/२ देखि २०७५/१/१५ गतेसम्म घरदैलो अभियान सहित सम्पन्न गर्ने र २०७५/१/१६ देखि पठनपाठन सन्चालन गर्ने |

८. शै.श. २०७५ का लागि नगरपालिकाको वार्षिक   शैक्षि क्यालेन्डर निर्माण  गरि सबै विद्यालयमा लागु गर्ने र क्यालेन्डर निर्माणको   लागि  नगरशिक्षा प्रमुख टेक बहादुर डी. सी. को संयोजकत्वमा  देहायको सदस्य रहने गरि ९ सदस्यीय   क्यालेन्डर         निर्माण समिति गठन गर्ने निर्णय गरियो |

 -टेक बहादुर डी.सी.                   संयोजक

-हिरालाल न्यौपाने                       सदस्य 

-भुपेन्द्र राज वली                        सदस्य 

-नवराज पुन                              सदस्य 

-उमेश कुमार  बुढाथोकी             सदस्य 

-पुर्ण बहादुर भण्डारी                  सदस्य 

-नेव बहादुर वली                       सदस्य 

-रेशम  बहादुर . वली                 सदस्य 

-खुमराज    के.सी                     सदस्य 

९. SEE तथा कक्षा ११,१२ को  परिक्षा लाई  व्यवस्थित र मर्यादित रुपमा संचालन गर्न सवैले आ-आफ्नो तर्फबाट सकारात्मक भूमीका निर्वाह गर्ने |

१०. प्रत्येक विद्यालयको २०७५ वैशाखको पहिलो हप्ता भित्र कक्षा १-१० पा.पु. खरीद गरि विद्यार्थीलाई वितरण गरि सक्ने व्यवस्था गर्ने |

११. भर्ना अभियानमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा वि.व्य.स. पदाधिकारीहरु अनिवार्य  रुपमा सहभागी हुने |

१२.उपयुक्त निर्णयहरु कार्यन्वयन तथा समग्र शैक्षिक सुधारमा सम्बन्धित शिक्षक कर्मचारी, वि. व्य .स . पदाधिकारी, विद्यार्थीहरु उचित मूल्यांकन गरि पुरस्कार र दण्ड व्यवस्था गर्ने निर्णय गरियो | 

शाखागत कर्मचारीहरु