FAQs Complain Problems

सचिवालयले पायो पूर्णता |

यस बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकीले समृद्ध नगरपालिका निर्माण गर्नको लागी सबैको साथ चाहिएको बताउनु भएको छ। बुधबार नगर प्रमुख बुढाथोकीले नगरपालिकाको सचिवालय घोषण गर्दै उक्त कुरा बताउनु भएको हो ।

बागचौर नगरपालिकाको समृद्ध विकासको लागी आफु लगाएत सिंगो नगरपालिका खटेर लागेको र आफुले चुनाबी अभियानमा गरेका प्रतिबद्धताहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने बताउनु भएको हो ।

नगरका हरेक कामकारबाहीहरुलाई ब्यबस्थित तरिकाले सम्पन्न गर्नको लागी नगर प्रमुख लोकमान बुढाथोकीको सचिवालयमा तिन जना विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई समाबेश गरिएको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार भुम प्रकास भण्डारी, टिकाराम भण्डारी (दिपसागर) लाई प्रेस सल्लाहकार र चित्र राणालाई सचिवालयमा नियुक्त गरिएको छ ।

त्यस्तै श्री शिशु जागरण माध्यमिक विद्यालय बा.न.पा ९ खोरबारेका शिक्षक बिरेन्द्र प्रकास डि.सी.लाई नगर शिक्षा शाखामा काजमा काज पत्र दिएको छ ।
साथै बागचौर नगरपालिकाको कानुनी सल्लाहकारमा थलराज भण्डारीलाई नियुक्त गरिएको छ ।

सोहि कार्यक्रममा बागचौर नगरपालिका वडा नम्बर ९ को लागी केन्द्रले दिएको शहरी स्वास्थ्य केन्द्र निर्माण सम्बन्धि परिपत्रलाई नगर प्रमुख बुढाथोकीले वडा न ९ का वडा अध्यक्ष मोहन चन्दलाई हस्तान्तरण गर्नु भएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु