FAQs Complain Problems

प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७६ को समापन कार्यक्रम ।

बागचौर नगरपालिका प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७६ को पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त खेलकुद प्रतियोगिताबाट बिजयी हुन सफल खेलाडीहरुलाई नगर प्रमुख तथा सभाअध्यक्ष श्री लोकमान बुढाथोकीले मेडल, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गर्नु भयो ।

कार्यक्रम समापनको क्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले खेलाडीहरु राष्ट्रको गहना भएको र खेलकुद क्षेत्र हाम्रो स्वास्थ्य सँग पनि सम्बन्धित रहेकोले स्वस्थ जीवनयापन तथा खेलकुद प्रवर्द्धनकै लागि बागचौर नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगितालाई अभियानको रूपमा अघि सारेको विचार व्यक्त गर्नु भयो । प्रथम मेयर कप खेलकुद प्रतियोगिता प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा जानको लागि पहिलो पाइला भएको बताउदै प्रतियोगितामा बिजयी हुन सफल सम्पुर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । प्रथम मेयर कप खेलकुद प्रतियोगिता शानदार रूपमा सफल भएको बताउदै खेलकुद प्रतियोगिता सफल पार्न सहयोग गर्नु हुने नगर कार्यपालिका परिवार, खेलकुद संचालन समिती, खेल प्रशिक्षक, निर्णायक, राजनितीक दल, नागरिक समाज, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, पत्रकार र खेलाडीहरु लागायत सम्पुर्ण खेल प्रेमी महानुभावहरु प्रति अभार प्रकट गर्दै धन्यवाद समेत व्यक्त गर्नु भयो । प्रथम मेयर कपबाट प्राप्त अनुभव र सिकाईलाई आत्मसात गर्दै नगर प्रमुखले दोस्रो मेयर कप खेलकुद प्रतियोगिता पनि आ.व.२०७६/०७७ मा वडा नं. २ थारमारेमा नै आयोजना हुने घोषणा गर्नु भयो ।

प्रतियोगिताबाट ५ स्वर्ण, २ रजत पदक सहित वडा नं. २ प्रथम मेयर कप खेलकुद प्रतियोगिताको प्रथम ट्रफी र शिल्ड उचाल्न सफल भयो भने वडा नं. १ तिन स्वर्ण, चार रजत र एक कास्य पदक सहित दोस्रो र वडा नं. ३ तीन स्वर्ण, २ रजत ३ कास्य पदक सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएका छ्न ।

प्रतियोगिताका Best player (Male ) दीपक कुमार पुनमगर (वडा नं. ४ ) र Best Player (Female) निर्मला खड्का ( वडा नं. ११) घोषित भएका छन ।

Fiscal Year:

शाखागत कर्मचारीहरु