बागचाैर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उत्तिर्ण परिक्षा २०७४ को नतिजा प्रकाशित

मिती २०७४ चैत्र ८ गते देखी १८ गते सम्म सन्चालन भएको बागचौर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उतिर्ण परिक्षा २०७४ को नतिजा आज मिती २०७५ वैशाख २ गते नगर परिक्षा समिती बागचौरले  प्रकाशित गरेको छ |  उक्त्त परिक्षामा बागचौर नगरपालिका अन्तरगतका १ संस्थागत र २५ सामुदायिक गरी जम्मा २६ विध्यालयका १०२५ छात्रछात्राहरु सम्मिलित रहेका थिए | विगतका वर्षहरुमा जिल्ला स्तरिय रुपमा संचालन हुने गरेको उक्त परिक्षा यस वर्ष देखी पहिलो पटक नगर स्तरमा संचालन गरिएको र प्रश्न पत्र निर्माण देखी उत्तर पुस्तिका परिक्षण सम्मका सम्पूर्ण काम कडाइका साथ मर्यादित र व्यवस्थित गरिएकोले विगतका नतिजाहरु भन्दा यस वर्षको नतिजा केहि कमजोर देखिएको  परिक्षा समितिका संयोजक श्रोत व्यक्ती हिरालाल न्यौपानेले बताउनु भयो | प्रकाशित नतिजा सन्दर्भमा आफ्नो संक्षिप्त प्रतिकृया दिदै नगर प्रमुख लोकमान बुढाथोकिले परिक्षा प्रणाली संग संगै पठन पाठन र विध्यालय व्यवस्थापनका गतिविथिहरुमा पनि अब क्रमश कडाइका साथ निती निर्माण गरी लागु गरिने र यसबाट कमजोर देखिएको  नतिजा क्रमश सुधार हुँदै जाने विश्वास  व्यक्त गर्नु भयो | 

 

नतिजा हेर्नको लागी विध्यालयको नाम छनोट गरी क्लिक गर्नुहोस |