ताजा खबर

बागचौर नगरपालिकाको वेवसाइटमा यहाँहरुलाई स्वागत छ !!!!!! जन्म, मृत्यु, वसाइसराइ, विवाह तथा सम्वन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निशुल्क रूपमा दर्ता गराअाै !!!!

बागचौर नगरपालिकाले गर्‍यो शहीद तथा बेपत्ता परिवारलाई सम्मान

सुखानी शहीद दिवसको अवसरमा बागचौर नगरपालिकाले सल्यानको बागचौरमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले १० वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनका शहीदहरुले देखाएको बाटो आफूले कहिले नभुल्ने बताउनुभयो |

कार्यक्रमका इलाका प्रशासन कार्यालय बागचौरका शाखा अधिकृत नारायण प्रसाद शर्माले बागचौर नगरपालिकाले शहीद,बेपत्ता परिवारको सम्मान गरेर नयाँ कार्यको सुरुवात गरेको बताउनु भयको थियो । उक्त कार्यक्रमले सहिद तथा बेपत्ता परिवारका आफन्तको आत्मीयता लाई नजिक र प्रगाढ गराउने उहाको भनाइ थियो ।

नगर उपप्रमुख कल्पना पुनको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रममा बागचौर नगरपालिकाका प्रथम सहिद हेमराज केसी लगायत तत्कालीन राज्य पक्ष र बिद्रोही पक्षद्वारा मारिएका ४७ जना सहिद र बेपत्ता योद्धाका परिवारलाई प्रमाणपत्र, एक/एक थान बलाङ्केट, टीका र मालाले सम्मान गरिएको थियो |