FAQs Complain Problems

१०९ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बागचौर नगरपालिकाको आयोजनामा १२ वटै वडामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएकाछन ।

"लैंगिक समानताका लागि समान सोच र व्यवहार, संवृद्विको आधार" भन्ने आदर्श वाक्यका साथ नगरमा कृयाशिल आमा समुहका सयौं महिला दिदिबहिनीहरु, स्थानीय जनप्रतिनिधिहरु, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु र समाजिक संघसंस्थाका प्रतिनिधिहरुको व्यापक उपस्तिथिमा बागचौर बजार क्षेत्र नगर परिक्रमा गर्दै औपचारिक रुपमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक श्री कल्पना पुन र प्रमुख अतिथि नगर प्रमुख श्री लोकमान बुढाथोकी रहनु भएको थियो ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, घैटोफोर प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता लगायतका विभिन्न सिर्जनात्मक एवं बौद्धिक स्तरका प्रतियोगिताहरु समेत आयोजना गरिएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु