FAQs Complain Problems

वडा नं. १०

  • नगरपालिकाको वडा नं. १० साबिक पीपलनेटा गाउँ विकास समिति अन्तर्गतका सम्पूर्ण ९ वटै वडाहरू मिलेर बनेको छ । वडा नं. १० को क्षेत्रफल १०.५६ वर्गकिमि छ । वडा नं. १० को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या ५३८ रहेको छ । यसैगरी, बागचौर नगरपालिका वडा नं. १० को कुल जनसंख्या२,४८५ रहेको छ । जसमा पुरुष १,२०७, महिला १,२७८ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या१,८८१ रहेको छ । साक्षर पुरुषको जनसंख्या१,००१ रहेको छ भने साक्षर महिलाको जनसंख्या८८० रहेको छ ।

    यो वडा अदुवा, बेसार, टिमुर, मकै, गहुँ, धान तथा बेमौसमी तरकारी खेतीका लागि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आय आर्जनका पेसाबाट वडावासीले जीविकोपार्जन गर्ने गर्छन् ।

जनसंख्या: 
२४८५
वडाको सम्पर्क नम्बर: 
९८४७९०७९९४
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु