FAQs Complain Problems

वडा नं. १२

  • नगरपालिकाको वडा नं. १२ साबिक बाँफुखोला गाउँ विकास समितिका वडाहरू १, २, ३, ४ र ५ मिलेर बनेको छ । वडा नं. १२ को क्षेत्रफल ११.३५ वर्गकिमि छ । वडा नं. १२ को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या४१३ रहेको छ । यसैगरी, बागचौर नगरपालिका वडा नं. १२ को कुल जनसंख्या२,४६३ रहेको छ । जसमा पुरुष १,१८२, महिला १,२८१ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या१,५५० रहेको छ । साक्षर पुरुषको जनसंख्या८१० रहेको छ भने साक्षर महिलाको जनसंख्या७४० रहेको छ ।

    आलु उत्पादनमा विशेष मानिएको यो वडामा अदुवा, बेसार, टिमुर, मकै, गहुँ, बेमौसमी तरकारी खेतीका लागि पनि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगार, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले जीविकोपार्जन गर्ने गर्छन् ।

जनसंख्या: 
२४६३
वडाको सम्पर्क नम्बर: 
९८६४३३२४८४
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु