FAQs Complain Problems

वडा नं. ६

  • बागचौर नगरपालिकाको वडा नं. ६ साबिक कोटबारा गाउँ विकास समितिका वडाहरू २, ३, ४ र ५ मिलेर बनेको छ । वडा ६ को क्षेत्रफल ८.७८ वर्गकिमि रहेको छ । क्षेत्रफलका हिसाबले यो सबैभन्दा सानो वडा हो । बागचौर नगरपालिका वडा नं. ६ को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या५११ रहेको छ । यस वडाको कुल जनसंख्या२,१०८ रहेको छ । जसमा पुरुष १,०६५, महिला १,०४३ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या१,७८० रहेको छ । साक्षर पुरुषको जनसंख्या९२४ रहेको छ र साक्षर महिलाको जनसंख्या८५६ रहेको छ । ओली जातीको उद्गम थलो हिमचौर यसै वडामा पर्दछ ।

    अदुवा, बेसार, टिमुर, मकै, गहुँ तथा बेमौसमी तरकारी खेतीका लागि यो वडा राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि रहेको छ । यसबाहेक व्यापार, व्यवसाय तथा घरेलु उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन जस्ता आयआर्जनका पेसाबाट वडावासीले आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् ।

    श्री सरस्वती आधारभुत विद्यालयलाई माध्यमिक तहमा अपग्रेड गरिएको छ भने चारकोठे पक्की भवन निर्माण, आईसिटी ल्याबको पनि स्थापना गरिएको छ । प्रविधी प्रयोगमा पहुँच बढाउन तयार पारिएको आईसिटी ल्याब प्रभावकारी भएको छ । सामुदायिक विद्यालयका भवन निर्माण तथा शैक्षिक एवम् भौतिक सुधारमा विशेष कार्यहरु पनि भएका छन् ।

जनसंख्या: 
२१०८
वडाको सम्पर्क नम्बर: 
९८५७८२१८४५
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु