FAQs Complain Problems

वडा नं. ७

  • भौगोलिक हिसाबले सबैभन्दो ठुलो रहेको नगरपालिकाको वडा नं. ७ साबिक कोटबारा गाउँ विकास समितिका वडाहरू १, ६, ७, ८ र ९ मिलेर बनेको छ । वडा नं. ७ को क्षेत्रफल १८.५७ वर्गकिमि रहेको छ । भौगोलिक हिसाबले यो नगरपालिकाकै सबैभन्दा ठूलो वडा हो । बागचौर नगरपालिका वडा नं. ७ को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या७०७ रहेको छ । यस वडाको कुल जनसंख्या३,७४० रहेको छ । जसमा पुरुष १,८७८, महिला १,८६२ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या२,७५० रहेको छ । साक्षर पुरुषको जनसंख्या१,४८० रहेको छ भने साक्षर महिलाको जनसंख्या१,२७० रहेको छ । यहाँ बाहुन, क्षेत्री, मगर, दलित लगायतका समुदायको मिश्रीत बसोबास रहेको छ ।

    अदुवा, सुन्तला, बेसार, टिमुर, मकै, गहुँ, धान तथा बेमौसमी तरकारी खेतीका लागि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, बैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् ।

जनसंख्या: 
३७४०
वडाको सम्पर्क नम्बर: 
९८५७८४७५५५
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु