FAQs Complain Problems

वडा नं. ९

  • बाचौर नगरपालिकाको वडा नं. ९ साबिक कोटमौला गाउँ विकास समितिका वडाहरू ६, ७, ८ र ९ मिलेर बनेको छ । यस वडाको क्षेत्रफल १४.३७ वर्गकिमि रहेको छ । वडा नं. ९ को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या ७१५ रहेको छ । यस वडाको कुल जनसंख्या ३,५७६ रहेको छ । जसमा पुरुष १,८२९, महिला १,७४७ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या २,६४९ रहेको छ । साक्षर पुरुषको जनसंख्या १,४६० छ भने साक्षर महिलाको जनसंख्या १,१८९ रहेको छ ।

    सुन्तला उत्पादनमा विशेष मानिएको यो वडामा अदुवा, बेसार, टिमुर, मकै, गहुँ, धान तथा बेमौसमी तरकारी खेतीका लागि पनि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा घरेलु उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गर्छन् ।

जनसंख्या: 
३५७६
वडाको सम्पर्क नम्बर: 
९८४७८४९७७१
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु