FAQs Complain Problems

वडा नं. १

  • बागचौर नगरपालिकाको वडा नम्बर १ साबिक थारमारे गाउँ विकास समितिका तीन वडा मिलेर बनेको वडा हो । यो वडामा साबिकको
    थारमारे गाविसका वडा नं. १, २, ३ गाभिएका छन् । १५.६६ वर्गकिमि क्षेत्रफल रहेको यस वडाको डिजिटल सर्भेअनुसार कुल
    घरधुरी सब्ख्या ५७६ रहेको छ । यस वडाको कुल जनसंख्या २,८९३ रहेको छ । जसमा पुरुष १,४९९, महिला १,३९४ र अन्य शून्य रहेको छ ।
    सर्भे अनुसार कुल साक्षर जनसंख्या १,९८९ रहेको छ । साक्षर पुरुषको जनसंख्या १,१२६ रहेको छ र साक्षर महिलाको जनसंख्या ८६३ रहेको छ ।
    यस वडावासीको मुख्य पेसा कृषि तथा पशुपालन हो । कृषियोग्य जमिन प्रशस्तै रहेको वडामा धान, मकै, गहुँ, मौसमअनुसारका नगदेबाली
    उब्जाउ हुने गरेका छन् । योबाहेक साना व्यापार व्यवसाय, थोक तथा खुद्रा व्यापार, शिक्षण, बैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल
    जस्ता आयआर्जनका पेसा पनि यहाँका बासिन्दाले अँगालेका छन् ।

 

जनसंख्या: 
२८९३
वडाको सम्पर्क नम्बर: 
9851174814
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु