FAQs Complain Problems

लक्षित बर्ग अन्तरगतका तालिमबाट बागचौर नगरपालिकाका महिलाहरु धेरै खुसी |

बागचौर नगरपालिका, बागचौर सल्यान र घरेलु तथा साना उधोग विकास समिति, शाखा कार्यालय सल्यानको आयोजनामा सुरु भएको भगत सर्बजित सीप विकास कार्यक्रम अन्तरगत ७ दिने कृस्टलका माला बनाउने तालिम तथा सीप सिकौं आत्मा निर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको ७ दिने आलु चिप्स तथा दालमोठ बनाउने तालिमको आज समापन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ उधोग विकास अधिकृत प्रदिप न्यौपानेको अध्यक्षता रहेको उक्त समापन कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकी र विशिष्ट अतिथि उप- प्रमुख कल्पना पुन रहनु भएको थियो ।
लक्षित बर्ग अन्तरगतका तालिमहरुमा बागचौर नगरपालिकाका करिब १२० जना महिलाहरुले उक्त तालिममा सहभागी लिएका थिए । नगर प्रमुख बुढाथोकी उक्त समापनमा बोल्दै अहिले तालिममा सहभागी भएका महिला दिदिबहिनीहरु आफुले सिकेको सीप बागचौर नगरपालिकाका सम्पूर्ण महिलाहरुलाइ प्रशिक्षकको रुपमा प्रशिक्षण दिएमा मात्र तालिमले सार्थकता पाउने बताउनु भएको छ ।

Fiscal Year:

शाखागत कर्मचारीहरु