FAQs Complain Problems

Photo Gallery

भाद्र १२ गते घर भत्किएर अबिभावक गुमाएका बानपा ४ सेतिगुराँसका अनाथ बालबालिकालाई दलित बिकास समाज सल्यान (DDS)ले रू.एघार हजार बराबरको खाद्यान्न ,लत्ताकपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ।

उक्त सहयोग सामाग्री एक कार्यक्रमका बिच बागचौर नगर उपप्रमुख श्री कल्पना पुनले पीडित बालबालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बानपा वडा नं ४ का वडा सदस्य तुल्सीराम घर्ती जनकले ब्यक्तिगत तर्फबाट पीडित बालिकालाई एक/एक जोर कपडा सहयोग गर्नु भयो।

कार्यक्रममा दलित समाज सल्यानका गुमान नेपाली ,कमल वली,वडा नं ४र ५ का वडाध्यक्ष द्वय प्रेम बहादुर पुन र डिल्ली वली,वडा सदस्य जनक घर्ती उपस्थिति रहेको थियो।

, , ,

Pages