FAQs Complain Problems

बागचौर नगरपालिकाको दोस्रो पुर्ण खोप युक्त घोषण सभा ।

बाफुखोला स्वास्थ्य चौकी बा.न.पा. ११ र १२, सल्यानको आयोजनामा "स्थानिय स्रोतको प्रयोग  स्वामित्व र सहभागिता, पुर्ण खोप युक्त वडा हाम्रो प्रतिबद्दता " भन्ने मुल नाराका साथ
मिति २०७५ असार २४ गते यस बागचौर नगरपालिका १२, बाफुखोलामा बागचौर नगरपालिकाको दोस्रो पुर्ण खोप युक्त घोषण सभा कार्यक्रम सम्पन्न भएको छ ।

बागचौर नगरपालिका वडा नं. १२ का अधक्ष  दिपक वलीको अधक्षताममा सम्पन्न उक्त घोषण सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख श्री केश बहादुर विष्ट
तथा विशिष्ट अतिथि बागचौर नगरपालिका प्रमुख श्री लोकमान बुढाथोकी र अतिथिमा उप-प्रमुख कल्पना पुन रहनु भएको थियो ।

पुर्ण खोप युक्त हुनको लागी नेपाल सरकार बाट मान्यता प्राप्त खोपहरु बालबालिकाहरुलाइ १५ महिनाभित्र सम्पुर्ण खोपहरु दिई सक्नुपर्छ । बागचौर नगरपालिका वडा नं. ११ र १२ मा रहेका
सम्पर्ण बालबालिकाहरुले उक्त खोप १५ महिनाभित्र लगाइसकेकोले वडा नं. ११  र १२ लाइ पुर्ण खोप युक्त वडा घोषण गरिएको हो । बागचौर नगरपालिका वडा नं. १० साबिकको पिपलनेटा गा.वि.स.लाइ
पहिलो पुर्ण खोप युक्त वडा घोषण गरिएको थियो भने वडा नं. ११ र १२ लाइ दोस्रो पुर्ण खोप युक्त वडा घोषण गरिएको छ ।

 

 

 

Fiscal Year:

शाखागत कर्मचारीहरु