समाचार
बागचौर नगरपालिकाको दोस्रो पुर्ण खोप युक्त घोषण सभा ।
Body:
बाफुखोला स्वास्थ्य चौकी बा.न.पा. ११ र १२, सल्यानको आयोजनामा "स्थानिय स्रोतको प्रयोग स्वामित्व र सहभागिता, पुर्ण खोप युक्त वडा हाम्रो प्रतिबद्दता " भन्ने मुल नाराका साथ
मिति २०७५ असार २४ गते यस बागचौर नगरपालिका १२, बाफुखोलामा बागचौर नगरपालिकाको दोस्रो पुर्ण खोप युक्त घोषण सभा कार्यक्रम सम्पन्न भएको छ ।
बागचौर नगरपालिका वडा नं. १२ का अधक्ष दिपक वलीको अधक्षताममा सम्पन्न उक्त घोषण सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख श्री केश बहादुर विष्ट
तथा विशिष्ट अतिथि बागचौर नगरपालिका प्रमुख श्री लोकमान बुढाथोकी र अतिथिमा उप-प्रमुख कल्पना पुन रहनु भएको थियो ।