समाचार
बागचौर नगरपालिकाले गर्यो स्थानिय राजपत्र प्रकाशन ।
Body:
सल्यानको बागचौर नगरपालिकाले २१ वटा स्थानिय ऎन, कानुनहरु निर्माण गरि कार्यन्वयनमा ल्याएको छ ।
नगरपालिकाको नगरसभा र नगरकार्यपालिका २०७४/०७५ मा २१ वटा स्थानीय कानुनहरु निर्माण गरेको हो ।निर्माण गरिएका स्थानीय कानुनहरु संहितावद्द गरि पुर्णरुपमा लागु गरिएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले बताउनु भएको छ ।मल्लले स्थानीय सरकार संचालन ऎन२०७४ को दफा १०२ लाई प्रयोग गर्दै बागचौर नगरपालिकाले आफ्नो क्षेत्राधिकार भएका विषयहरुमा ऎन, नियम,कार्यबिधी निर्माण कार्यलाई निरंतरता दिएको बताउनु भयो ।