FAQs Complain Problems

बागचौर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री भीष्म कुमार मल्ललाई एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

बिगत १६ महिना देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका मल्ल नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा बागचौर नगरपालिकाका प्रमुख,लोकमान बुढाथोकीले मल्ल जस्तै कार्यकारी पाउनु,बागचौर नगरपालिकाको सौभाग्य भएको बताउँनु भयो ।
उहाँले बागचौर नगरपालिकाको समृद्धिका लागी १६ महिनामा महत्त्वपूर्ण भुमिका खेलेको बताउँनु भयो । मल्ल बागचौर नगरपालिकामा रहदा कर्मचारीको पदमा रहेपनी,एउटा सक्षम जन प्रतिनिधिको भुमिकामा रहेको बताउनु भयो । नगरको सम्पुर्ण पक्षको अध्ययन गरेर कुन ठाउँमा कस्तो खाले योजनाको आवश्यकता छ र त्यसलाई कसरी अगाडी लैजानु पर्छ भन्ने बारे दृघकालिन योजना तय गर्नमा उहाँ धेरै अगाडी रहेको बताउनु भयो ।
प्रमुख बुढाथोकीले आगामी दिनहरुमा प्रमुख प्रशासकीय अधिकृत मल्ल जस्ता इमानदार,कर्तब्यनिष्ठ ,दुरगामी योजना सहितका अधिकृतको आवश्यकता रहने बताउनु भयो ।

कार्यक्रमका अतिथि तथा बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुनले भीष्म कुमार मल्लको कार्यशैलीले, आफु मात्र नभएर सिङ्गो नगरबासिहरुमा राम्रो छाप छोडन सफल रहेको बताउनु भयो । योजना तर्जुमा गर्दा गरेको सहयोग मात्र नभएर अन्य विभिन्न कार्यमा पुर्याउनु भएको सहयोगले उहाँले समय अनुसारको काम गर्न सक्ने खुबि रहेको बताउनु भयो ।

कार्यक्रममा बिदाई मन्तव्य राख्दै बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले,आफुले जागिर गर्न लागेको २० बर्ष हुँदा सम्म पनि अहिले सम्म आफुलाई काम गर्न सहज र सरल बागचौर नगरपालिकामा भएको बताउँनु भयो ।

उहाँ संग १६ महिना सम्म संगै काम गर्ने अबसर मिलेको र उक्त अवधि सम्म नगर प्रमुख बाट सहज तरिकाले काम गर्ने बाताबरण रहेको बताउँनु भयो । नगरपालिकामा आफु आए यता धेरै महत्त्वपूर्ण योजनाहरु अगाडि सारिएको बताउनु भयो,अग्लाटाकुरा भ्युटावर ,शहिद रिङरोड,हिमचौर पर्यट्किय स्थल,कोटबेत खानेपानि योजनालगाएतका दर्जनौ महत्त्वका योजनाहरु कार्यन्वयन, भएको बताउनु भयो ।

मल्ललाई बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी,उप-प्रमुख कल्पना पुन,सम्पुर्ण वडा अध्यक्ष,कर्माचारी सबैले अबिर आवरणमा,फुलमाला,प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर बिदाई गर्नु भएको थियो ।

यस्तै आज नै बागचौर नगरपालिकामा,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक नवराज डाँगिलाई स्वागत गरिएको छ ।

Fiscal Year:

शाखागत कर्मचारीहरु