FAQs Complain Problems

वडा स्तरीय शैक्षिक उपलब्धि योजना विषयक अन्तरक्रिया कार्यक्रम ।

बागचौर नगरपालिका वडा नं. १२ श्री दुर्गा सरस्वती मा.वि. देउपुरीडांडामा वडा स्तरीय शैक्षिक उपलब्धि योजना विषयक १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीले ब्यानेर पढेर उक्त कार्यक्रमको सम-उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बुढाथोकीले दुर्गा सरस्वती मा.वि. लाई तत्कालीन आधाभुत तह कक्षा ८ को नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।
शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद दिदै शिक्षा क्षेत्रमा यस विद्यालयले ल्याएको परिवर्तन अन्य विद्यालयले सिक्नुपर्ने कुरामा जोड दिनुभयो ।
शिक्षा क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बाट भएको विनियोजित बजेटको उचित कार्यान्वयनमा समग्र व्यवस्थापन समिति, शिक्षक, अभिभावकको मुख्य भुमिका रहने भएकोले सबैको ध्यानाकर्षण हुनेपर्ने पनि बताउनु भयो ।
राजनितिक आग्रह पुर्वाग्रह बाट माथी उठेर शिक्षण पेशामा ध्यान दिने, विद्यार्थी र शिक्षक बिच नङ र मासुको जस्तो सम्बन्ध बनाउने र विद्यार्थीलाई गरिने व्यबहारमा पनि सुधार ल्याउन सकियो भने साच्चिकै शैक्षिक गुणस्तरमा सुधार आउने बताउनु भयो ।

कार्यक्रमक विशिष्ट अतिथि बागचौर नगरपालिका नि. प्रमुख प्रशासकीय अधिकृत भीम प्रकाश खत्रीले कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर सुधार गर्न अनुगमनको विशेष महत्त्व हुने भएकोले शैक्षिक अनुगमनलाई अब आउदो आ.व. देखि तिब्रताका साथ अघि बढाउने बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमबाट निम्नानुसर शैक्षिक उपलब्धि सुधारका योजनाहरु बनाउनु पर्नेमा छलफल गरिएको थियो ।
- विद्यार्थीको आधरभुत(Basic) कुरामा विशेष ध्यान दिने ।
- correction विधि
- होमवर्क(Homework)
- समुह छलफल
- प्रश्नोत्तर
- शिकाइको तत्परता र विद्यार्थीको मनोबल उच्च बनाउने कुरामा ध्यान दिने
- युनिट टेस्ट
- अतिथि कक्षा संचालन
- अभिभावक, शिक्षक र विद्यार्थी बिच तृपक्षिय समन्वय
- समय समयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने

वडा अध्यक्ष दिपक वलिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथि नगर कार्यपालिका सदस्य कल्पना खत्री वलि, १२ नं. वडा सदस्य चित्र बहादुर वलि, वडा सदस्य भिम प्रकाश वलि, वडा सचीव पहल बहादुर वलि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्र.अ. तथा शिक्षकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन श्री दुर्गा सरस्वती मा.वि. का प्र. अ. नेव बहादुर वलिले गर्नुभएको थियो ।

त्यस्तै जन्मथलो बागचौर नगरपालिका वडा नं. १२ बाँफुखोला र कर्मथलो पनि आफनै नगरपालिकामा हाल नि. प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्ति पाउनु हुने भीम प्रकाश खत्री
लाई १२ नं. वडा कार्यालयको तर्फबाट स्वागत गरिएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु