FAQs Complain Problems

सहिदपार्कमा भानु जयन्ती तथा एकल गजल रचना वाचन कार्यक्रम सम्पन्न |

गणेश डांंगी गगन

 

मिति २०७५ असार २९ गते यस बागचौर नगरपालिका २ सहिदपार्कमा एकल गजल रचना वाचन तथा भानु जयन्ति कार्यक्रम सम्पन्न भएको थियो | अादिकवि भानुभक्त अाचार्यकाे २०५अाैँ जन्मजयन्ती सल्यानमा एक समारोहका बिच सम्पन्न भएकाे छ । बागचाैरकाे सहिद पार्कमा बागचाैर नगरपालिकाका प्रमुख श्री लाेकमान बुढाथोकीकाे प्रमुख अातिथ्य र उप-प्रमुख कल्पना पुनको विशिष्ट अातिथ्यमा सञ्चालन गरिएकाे उक्त कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरूले भानुसम्बन्धी विभित्र रचनाहरू वाचन गरेका थिए । उक्त अवसरमा साहित्यकार पूर्ण भण्डारी पङ्कजले भानुभक्तले नेपाली साहित्यमा पु-याएकाे याेगदानकाे चर्चा गर्दै उनका फुट्कर रचनासमेत वाचन गर्नु भएकाे थियाे ।
दुई चरणमा सञ्चालन गरिएकाे उक्त साहित्यिक कार्यक्रममा बागचाैर नगर साहित्य परिषद्काे नियमित एकल रचनावाचनकाे छैठौं शृङ्खलासमेत सञ्चालन गरिएकाे थियाे । उक्त शृङ्खलामा युवा गजलकार गणेश डाँगी ´गगन`ले दुई दर्जन अाफ्ना रचना वाचन गर्नु भएकाे थियाे । वागचाैर नगर साहित्य परिषद्का अध्यक्ष ईन्द्र भण्डारी अङ्कितकाे अध्यक्षता र सचिव तारादेव शर्मा प्रदर्शनकाे सहजीकरणमा सञ्चालनभएकाे उक्त कार्यक्रममा विभिन्न साहित्यकार र साहित्यिक अनुरागीहरूकाे उपस्थिति रहेकाे थियाे ।

Fiscal Year:

शाखागत कर्मचारीहरु