समाचार
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली सम्बन्धि तालिम वडा सचिव तथा पञ्जिकाधिकारीहरुलाई
सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली कार्यक्रम बागचाैर नगरपालिका बागचाैर सल्यानमा सप्पन्न भएको छ । यो सँगै बागचाैर नगरपालिका सल्यानका १२ वटै वडामा अब अनलाइन प्रणाली मार्फत सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता गर्ने सकिने छ । अबका दिनहरुमा सामाजिक सुरक्षा र ब्यक्तिगत घटना दर्ताका सम्पुर्ण कामहरु वडा कार्यालय बाटै हुने भएको छ । बागचाैर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य बागचाैर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले राख्नुभएको थियो । बागचाैर नगरपालिकाका १२ वटै वडाका वडा सचिव र पञ्जिकाधिकारीहरुका लागि सुरु गरिएको तालिम ३ दिन सम्म चलेको थियो । तालिममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि वडा सचिव र पञ्जिकाधिकारीहरुलाई प्रशिक्षण गरिएको थियो । तालिमको अन्त्यमा एक अनलाइन सर्वेक्षण पनि गरिएको थियो । जसमा वडा सचिव र पञ्जिकाधिकारीहरुले आफुले जानेका कुराहरु सर्वेक्षण मार्फत तालिममा आ आफ्नो विचारहरु प्रस्तुत गर्नुभएको थियो । सल्यानको बागचाैर नगरपालिका सेवा इकाई बागचाैरमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा कार्यरत एम. आई. एस अपरेटरहरु धनेश्वर खड्का र खुमराज घर्तीले कार्यक्रममा प्रशिक्षण गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण बागचाैर नगरपालिका सल्यानका सुचना अधिकृत तिर्थराज डाँगीले गर्नुभएको थियो भने फिल्ड सहायक बामदेव के.सी ले कार्यक्रम संचालन गर्नुभएको थियो ।