FAQs Complain Problems

विकास, शान्ति सुरक्षा र प्रशासनिक कामको सन्दर्भमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पुर्व सामान्य प्रशासन मन्त्री श्री टेक बहादुर बस्नेतले स्थानिय तहका सरकार बलियो भएमा मात्रै जनतालाई शान्ति, विकास र सुरक्षा प्राप्त हुने बताउनु भएको छ । बागचौर नगरपालिका सल्यानमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई,संवोधन गर्दै उहाँले स्थानिय सरकारका न्यायिक अधिकार विषयमा सरकारले नै ध्यान दिनुपर्ने बताउनु भएको हो । समाजमा हुने सामान्य भन्दा सामान्य विषय पनि प्रशासन सम्म पुग्ने भएकाले जनतालाई सरकारले न्याय दिने कुरामा सरकार नै अग्रसर हुनुपर्ने उहाँको भनाइ रहेको थियो ।
जिल्ला समन्वय समिति सल्यानको आयोजनान तथा बागचौर नगरपालिकाको आर्थिक सहयोगमा गरेको विकास, शान्ति सुरक्षा र प्रशासनिक कामको सन्दर्भमा जनप्रतिनिधिहरुसंग बागचौरमा राखिएको अन्तरक्रियामा उहाँले यस्तो बताउँनु भएको हो ।

संघिय सांसद समेत रहनुभएका बस्नेतले कानुन, नियम, सिद्धान्त कागजी घोडा नभई जनताले बनाएकाले सजिव घोडाको रुपमा लिई व्यवहार अनुसार लागुगर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्नेहरुले स्थानिय तहका प्रमुख तथा उपप्रमुख अनि प्रमुख प्रशासकिय अधिकृत विच कानुनि जटिलताका कारण काम गर्न असहज भएको भन्दै यसलाई हटाउन सबैतिरबाट ध्यान दिनुपर्ने बताउनु भएको थियो । सहभागिहरुले काममा डुप्लिकेशन हुने कुरालाई पनि सरकारका प्रतिनिधिले ध्यानदिनुपर्ने बताउनु भएको थियो ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जिल्लामा शान्ति सुरक्षामा बढोत्तरी भएको भन्दै सुरक्षाको लागि सुरक्षा जुनसुकै बेला तयारी अवस्थामा रहेको बताउँनु भयो । उहाँले जिल्लामा बाल विवाह, मदिरा सेवन र लागुपदार्थ चुनौतिको रुपमा रहेको भन्दै विप्लवका गतिविधिमा पनि केहि कमी आएको बताउनु भयो ।

अन्तरक्रियामा जिल्ला समन्वय उपप्रमुख हरिप्रकाश बुढाथोकी, बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा, शारदा नगरका उपप्रमु्ख सावित्रा बस्नेत, कुमाखका उपाध्यक्ष डिल्लीराज जैसी, सिद्धकुमाख उपाध्यक्ष पुष्पा बोहरा लगायतका जनप्रतिनिधिले भनाइ राख्नुभएको थियो । उहाँहरुले कर्मचारीलाई निधिविधिले अड्काउने र आफुहरुलाई जनताको काम छिटो गर्नुपर्ने भएकाले यस्ता नितिविधिलाई कसरी सहज बनाउने त्यसलाई ध्यान संघबाटै हुनुपर्ने धारणा राख्नुभएको थियो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृतहरु बनगाडका मोहन खड्का, कुमाखका जगत बहादुर घर्ती, सिद्धकुमाखका चिन्तामणी रेग्मीले पनि कर्मचारीलाई काम गर्न असहज भएको दुखेसो पोख्नुभएको थियो । उहाँहरुले थोरै कर्मचारीमा धेरै काम विधि र प्रक्रिया पुराएर गर्नुपर्ने भएकाले काम गर्न असहज भएको बताउँनु भएको थियो ।

अन्तरक्रियामा नेकपाका ,युवा नेता रमेश मल्ल, नेपाल बार यसोशियसनका जिल्ला अध्यक्ष लाल बहादुर रावत, पत्रकार महासंघका सभापती प्रतिक इच्छुक शर्मा लगायतले भाग लिनु बएको थियो ।

जिल्ला समन्वय समिति सल्यानको आयोजना र बागचौर नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त एकदिने कार्यक्रमको अध्यक्षता ,जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टले गर्नुभएको थियो ।

बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले अन्तरक्रियामा स्थानिय सरकारमा काम गर्दा परेका समस्याका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन बागचौर नगरपालिकाका कार्यक्रम अधिकृत पुर्णबहादुर वलीले गर्नुभएको थियो।

Fiscal Year: