समाचार
विकास, शान्ति सुरक्षा र प्रशासनिक कामको सन्दर्भमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
Body:
पुर्व सामान्य प्रशासन मन्त्री श्री टेक बहादुर बस्नेतले स्थानिय तहका सरकार बलियो भएमा मात्रै जनतालाई शान्ति, विकास र सुरक्षा प्राप्त हुने बताउनु भएको छ । बागचौर नगरपालिका सल्यानमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई,संवोधन गर्दै उहाँले स्थानिय सरकारका न्यायिक अधिकार विषयमा सरकारले नै ध्यान दिनुपर्ने बताउनु भएको हो । समाजमा हुने सामान्य भन्दा सामान्य विषय पनि प्रशासन सम्म पुग्ने भएकाले जनतालाई सरकारले न्याय दिने कुरामा सरकार नै अग्रसर हुनुपर्ने उहाँको भनाइ रहेको थियो ।