FAQs Complain Problems

वडा नं. ८

  • नगरपालिकाको वडा नं. ८ साबिक कोटमौला गाउँ विकास समितिका वडाहरू १, २, ३, ४ र ५ मिलेर बनेको छ । वडा नं. ८ को क्षेत्रफल ९.५६ वर्गकिमि रहेको छ । बागचौर नगरपालिका वडा नं. ८ को डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या ४४९ रहेको छ । यस वडाको कुल जनसंख्या २,३०६ रहेको छ । जसमा पुरुष १,१६६, महिला ११४० र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या  १,७५० रहेको छ । साक्षर पुरुषको जनसंख्या ९७६ रहेको छ भने साक्षर महिलाको जनसंख्या ७८३ रहेको छ ।

    सुन्तला उत्पादनमा विशेष मानिएको यो वडामा अदुवा, बेसार, टिमुर, मकै, गहुँ, धान तथा बेमौसमी तरकारी खेतीका लागि पनि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगार, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् ।

जनसंख्या: 
२३०६
वडाको सम्पर्क नम्बर: 
९८५७८३६७७२
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु