FAQs Complain Problems

वडा नं. ४

नगरपालिकाको वडा नं. ४ साबिक शिवरथ गाउँ विकास समितिका वडाहरू १, २, ३, ४ र ९ मिलेर बनेको छ । वडा नं. ४ को क्षेत्रफल १४.६३ वर्गकिमि रहेको छ । यस वडाको डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या ६९२ रहेको छ । यस वडाको कुल जनसंख्या ३,५०३ रहेको छ । जसमा पुरुष १,७६५, महिला १,७३८ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या २,३६६ रहेको छ । साक्षर पुरुषको जनसंख्या १,२६५ र साक्षर महिलाको जनसंख्या १,१०१ रहेको छ । यहाँ मगर समुदायको बाहुल्यता रहेको छ ।

बेमौसमी तरकारी तथा आलु उत्पादनको लागि पनि उपयुक्त रहेको यो वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार, व्यवसाय तथा घरेलु उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, बैदेशिक रोजगार, सरकारी सेवाका साथै होटल, पर्यटन जस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गर्छन् । आलु, मकै, गहुँ, धान तथा बेमौसमी तरकारी खेतीका लागि राम्रो मानिएको छ ।

जनसंख्या: 
३५०३
वडाको सम्पर्क नम्बर: 
९८४९०३९५००
Weight: 
0

पदाधिकारी / कर्मचारी

कृष्ण बहादुर वस्नेत
वडा अध्यक्ष
९८४९०३९५००
जयमाता सुनार
दलित महला सदस्य
9810998385
खुम राज वली
सदस्य
9866701506
सराेज कामी
सदस्य
9863148349
भीम बहादुर वली
वडा सचिव
९८४४१७८९४५
विपिन विष्ट
सहायक सव-इन्जिनियर
९८६६७०७६६२

शाखागत कर्मचारीहरु