FAQs Complain Problems

सूचना तथा प्रविधि शाखा

सञ्चार तथा सूचना प्रविधि

विद्यमान शासन अभ्यास (paper base system) लाई परिवर्तन गर्नु छ भने सूचना र सञ्चार प्रविधि (ICTs) र सम्बन्धित दुरसञ्चार र अन्य डिजिटल नेटवर्कहरु सूचना निर्माणको प्रमुख प्रेरक मानिन्छ । सूचना र सञ्चार प्रविधिमा भएको तिब्र विकासले गर्दा आधुनिक बिश्व नै एक गाँउ (Global  Village) मा रुपान्तरण भएको छ । हालका बर्षहरुमा दिगो विकासका बृहतर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहदै आएको छ । बिश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरकृया (Social Interaction) तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभतू परिवर्तन आएको छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोग माफर्त प्राप्त हुने अन्य लाभका अतिरिक्त, यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढि पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको लागि यथेष्ट पूवार्धार निमार्ण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

उद्देश्यहरुः-

  • विद्युतीय सरकार एवं सुशासनको अवधारणालाई कार्यान्वयन गर्न नेतृत्वदायी र समन्वयकारी भुमिका निर्वाह गर्ने।
  • सूचना प्रविधिलाई ग्रामिण जनस्तरमा पुर्‍याई यसको प्रयोगबाट प्राप्त हुने लाभाङ्समा सबैको पहुँच सुनिश्चित गर्ने (Reducing Digital Divide) ।
  • विद्युतीय स्वरुपमा रहेका सरकारी तथ्याङ्कलाई अध्यावधिक र सुरक्षित राख्ने ।
  • सूचना प्रविधि क्षेत्रमा उपयुक्त मानव संशाधन विकास गर्न सहयोग पुर्‍याउने ।
  • स्थानीय स्तरमा सूचनाको पहुँच पुर्याई जनस्तरमा सूचना प्रविधि सम्बन्धि जनचेतना फैलाउने ।
  • कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु प्रविधि मैत्रि बनाउदै लैजाने ।
  • सेवाग्राहीलाई सजिलो छिटो छरितो तरिकाले सेवा दिने प्रकारको प्रविधिको विकास गर्ने ।
  • स्थानीय स्तरको तथ्याङलाई डिजिटल प्रणालीमा सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
  • अनलाईन सिफारिसको विकास गर्ने ।

स्मार्ट पालिकाको अवधारणालाई मध्यनजर गर्दै Integrated and Dynamic प्रणालीको विकास

शाखागत कर्मचारीहरु

ई. तिर्थराज डाँगी
सूचना प्रविधि अधिकृत
tirthrajdangi90@gmail.com, trd@bagchaurmun.gov.np
९८४३६९९४६९