FAQs Complain Problems

बागचौर नगरपालिकाले गर्‍यो शहीद तथा बेपत्ता परिवारलाई सम्मान

Body: 

सुखानी शहीद दिवसको अवसरमा बागचौर नगरपालिकाले सल्यानको बागचौरमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले १० वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनका शहीदहरुले देखाएको बाटो आफूले कहिले नभुल्ने बताउनुभयो |

कार्यक्रमका इलाका प्रशासन कार्यालय बागचौरका शाखा अधिकृत नारायण प्रसाद शर्माले बागचौर नगरपालिकाले शहीद,बेपत्ता परिवारको सम्मान गरेर नयाँ कार्यको सुरुवात गरेको बताउनु भयको थियो । उक्त कार्यक्रमले सहिद तथा बेपत्ता परिवारका आफन्तको आत्मीयता लाई नजिक र प्रगाढ गराउने उहाको भनाइ थियो ।