FAQs Complain Problems

दोश्रो वडा अध्यक्ष कप बानपा ९ मा सुरु ।

 

अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ जिवन र खेलकुद प्रबर्द्दन हाम्रो अभियान भन्ने मुल नाराका साथ बागचौर नगरपालिका वडा नं. ९ खोरबारेमा दोश्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बागचौर नगरपालिका वडा नं. ९ अध्यक्ष मोहन चन्दको अध्यक्षतामा सुरु भएको उक्त खेलकुद प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सदस्य एवम पुर्व सामान्य प्रशासन मन्त्री माननिय टेक बहादुर बस्नेतले दियो बालेर तथा ब्यानर खोलेर उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आफ्नो कार्यकाल सम्म सल्यान जिल्लामा विधुतिकरण गरिसक्नेे उहाँले बताउनु भयो।‍ यो संघीय लोकतान्त्रितक गणतन्त्र भएकोले अब हुने कामहरु समयमै हुने कुरा पनि अबगत गराउनु भयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकी उक्त उद्घाटन कार्यक्रममा बोल्दै यस वडा नं. ९ गत वर्ष जस्तै अनुशासित र मर्यादित भएर खेल संचालन गर्न अनुरोध गर्नुभयो ।

खेल क्षेत्रमा खेलाडिहरुमा लुकेर रहेका प्रतिभाहरु लाई मध्यनजर गर्दै वडा अध्यक्ष कप , आधारभत स्तरिय अतिरिक्त क्रियाकलाप , मा.वि. स्तरिय अतिरिक्त क्रियाकलाप , राष्ट्रपति रनिङ शिल्ड हुदै मेयर कप लगायतका कार्यक्रम राखेको उहांले बताउनु भयो ।

‍‍‍

अतिथि बागचौर नगरपालिका उप-प्रमुख श्री कल्पना पुन, बागचौर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृत श्री जगत बहादुर बस्नेत, नेपाल कमन्युष्ट पाटि(नेकपा) कर्णालि प्रदेश कमिटि सदस्य लोक बहादुर डाँगी, वडा नं. २ अध्यक्ष घनश्याम शर्मा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य शोभाराम भण्डारी ले पनि स्वागत मन्तब्य राख्नुभएको थियो ।,

त्यस्तै अतिथि वडा नं. ३ अध्यक्ष टिकाराम के.सी., वडा नं. ११ अध्यक्ष मोहन खड्का नेपालि सेना क्याप्टेन दिपक बुढाथोकी, लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

 

यहि मिति २०७६ कार्तिक १ देखि ४ गतेसम्म हुने उक्त अध्यक्ष कपको स्वागत मन्तव्य खेल प्रतियोगिताको संयोजक जितेन्द्र डि सि ले गर्नुभएको थियो भने कार्यक्रम संचालन बागचौर नगरपालिकाको कार्यालय शिक्षा शाखा क्रमचारी बिरेन्द्र प्रकाश डि सी ले गर्नु भएको थियो ।

 

Fiscal Year:

शाखागत कर्मचारीहरु