FAQs Complain Problems

प्र.अ.हरुको वैठकमा भएका निर्णयहरू ।

बागचौर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक आज होटल शारदा टपको सभा हल बागचौरमा सम्पन्न भएको छ।

नगर प्रमुख एवं शिक्षा समिति अध्यक्ष श्री लोकमान बुढाथोकीको अध्यक्षतामा उप प्रमुख श्री कल्पना पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वलि, श्रोत व्यक्ति हिरालाल न्यौपाने, शिक्षक महासंघ बागचौर नगर अध्यक्ष उमेश कुमार बुढाथोकी, शिक्षा समिति सदस्य पुर्ण बहादुर भण्डारी, शिक्षक विरेन्द्र प्रकाश डि.सि. लगायत विभिन्न विद्यालयका ६२ जना प्र.अ. तथा प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सि. ले गर्नु भएको थियो।

बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु:-

१)आगामी असोज ११,१२,१३ गतेको शिक्षक सेवा आयोगको परिक्षामा अधिकांश विद्यालयका शिक्षकहरु परिक्षामा सहभागी हुन जाने भएकोले पठनपाठनमा समस्या आउने देखिएकोले अन्य बिदाहरु कटौती हुने गरि असोज ८ गते देखी १३ सम्म विद्यालय बिदा गर्ने।

२)विभिन्न विद्यालयहरुमा सट्टा शिक्षकहरूले पठनपाठन गराइरहेको गुनासो आएकोले अब उप्रान्त कोहि कसैले पनि सट्टा शिक्षक राख्न नपाउने।

३)आगामी असोज ३ गते संविधान दिवसको अवसरमा संविधान संग सम्बन्धित विद्यालय स्तरमा विविध प्रतियोगितात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने।

४)आर्थिक वर्ष २०७४/०७५ को विद्यालयको आय व्यय सम्बन्धि सामाजिक परिक्षण (social audit) पहिलो चौमासिक निकासा हुनु पुर्व र आर्थिक लेखा परिक्षण अन्तिम चौमासिक निकासा हुनुभन्दा अगावै गरि सक्ने अन्यथा सम्बन्धित चौमासिक निकासा रोक्का गर्ने।

५)प्रत्येक शिक्षकले आफ्नो विषयसंग सम्बन्धित शिक्षण सुधार योजना (Teaching Improvement Plane-TIP) बनाई कार्य कक्षमा टांस गरि सोही अनिरुप पठनपाठन गर्नु पर्ने।

६)विगत केही समय यता केही विद्यालयहरुमा केही शिक्षक तथा प्र.अ. हरुले समेत मदिरा सेवन गरि विद्यालय समयमा प्रवेश गरेको गुनासो आएकोले अनुगमनको क्रममा त्यस्तो गरेको प्रमाणित भएमा शिक्षा ऐन तथा नियमावली बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाइने।

७)विद्यालय नजिक विद्यालय समयमा मदिराजन्य पदार्थ बिक्रीवितरण गर्ने, जुवा तास खेल्ने जस्ता कार्य भैरहेको भन्ने जनगुनासो आएकोले प्राप्त सुचनाको आधारमा अनुसन्धान गरि कानुन बमोजिम कार्बाही गर्ने।

Fiscal Year:

शाखागत कर्मचारीहरु