FAQs Complain Problems

प्रविधी मैत्री बन्दै बागचौर नगरपालिका

 

विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम यस बागचौर नगरपालिकाले सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ डिजिटल सर्वे तथा नगरको डिजिटल वस्तुगत स्थिति सहितको प्रणाली सुरु गरेको हो । डिजिटल सिस्टम हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम मार्फत बागचौर नगरपालिकालाई डिजिटल शुसासन, आर्थिक पार्दर्शिता, शाखागत कार्यसम्पादन लगायतका कार्यहरु सहज रुपमा सम्पन्न गर्न सकिने भएको छ ।

नगरपालिका र स्मार्ट पालिका बिच सहकार्य भई सम्पन्न भएको उक्त डिजिटल नगर  प्रोफाइल (ERP System) आज एक कार्यक्रममा बिच स्मार्ट पालिका द्वारा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रम नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षता, उप-प्रमुख श्री कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत श्री रामबहादुर हमाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य,  नगर कार्यपालिकाको कार्यालयमा कार्यरत शाखा प्रमुखहरु, वडा सचिवहरु, सर्वेमा खटिएका स्वयंसेवकहरु लगायत उपस्थिति रहेकोमा  स्मार्ट पालिकाबाट सह- संस्थापक श्री राजनन्द माण्डव्य र अभीयान संयोजक श्री आवेग के.सी. ले सहजिकरण गर्नुभएको थियो ।

विद्युतीय सुशासनको सुरुवातसँगै नगरपालिकाले सूचना र प्रविधिमा फड्को मार्ने तथा स्थानीय सरकार र जनताबीचको दुरीलाई कम गर्नुका साथै स्मार्ट नगरपालिका बन्नेमा नगर प्रमुख लोकमान बुढाथोकीले आशा व्यक्त  गर्नु भएको छ ।

कार्यक्रम सञ्चालन  शिक्षा शाखामा कार्यरत श्री रविकिरण वलिले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत श्री रामबहादुर हमाल र सिस्टमको बारे थप महत्व र बागचौरमा भविष्य  सहितको   मन्तव्य सूचना प्रविधि अधिकृत श्री तिर्थराज डाँगीले प्रस्तुत गर्नु भएको थियो ।

के हो त स्मार्ट पालिका बागचौर  ?

डिजिटल सर्वे सहित को डिजिटल प्रोफाइल स्थानीय सरकारले पारम्परिक कागज सर्वेक्षणलाई प्रतिस्थापन गर्ने नयाँ प्रविधि हो। डिजिटल सर्वेले अनावश्यक त्रुटिहरूलाई न्यून गर्दछ जुन कागजी सर्वेमा देखा पर्न सक्दछ। यसले अधिक बहुमुखी, रणनीतिक र भौगोलिक स्थानहरू, घरेलु डाटा र सार्वजनिक स्थानहरूबारे सही जानकारी प्रदान गर्न सक्दछ।

डिजिटल सर्वेक्षणले एक मजबूत डाटावेस पुर्वाधारको स्थापना गर्न सहयोग गर्दछ हरेक स्थानिय तहलाई विकास कार्य योजना, निती तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक सम्पुर्ण विवरण सजिलै प्राप्त गर्न यो प्रविधिले सहयोग गर्छ । नगरपालिकामा गरिने सबै कामकाज अब मोबाइल एपको माध्यमबाट गरिने भएकोले समान्य अवस्थामा नगरपालिकामा धाइ राख्न पर्ने वाध्यतालाई कम गर्दछ । ‍

यस बागचौर नगरपालिकामा आर्थिक वर्ष २०७७।०७८ को नगरसभाबाट विनियोजित डिजिटल नगर प्रोफइलको मुख्य लक्ष्य यस बागचौर नगरबासीहरुलाइ घरै बाट सेवा लिने उद्देश्यका साथ अगाडि बढाइएको डिजिटल प्रणाली हो । त्यसको साथसाथै प्रत्येक नागरिकको सूचनाको हक सम्बन्धिको अधिकारलाई मध्यनजर गर्दै यस निकायको प्रक्रति र स्वरुप, निकायको काम कर्तव्य र अधिकार, निकायमा रहने कर्मचारीको नाम र संख्या, निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, निर्णय उप उजुरी सुन्ने अधिकारी, सम्पादन गरेका कामको विवरण ऐन, नियमावली कार्यविधिहरु, आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरणको पनि यस स्मार्ट पालिका बागचौर एपबाट सजिलै हेर्न सकिने डिजिटल प्रणाली हो ।

एन्ड्रोएड भर्जन गुगल प्ले स्टोर (Android Version google play store ) बाट डाउनलोड गर्न प्ले स्टोरमा Bagchaur Municipality टाइप गरि तल दिइएको लिङ्क मार्फत सजिलै डाउनलोड गर्न सक्नुहुनेछ ।

https://play.google.com/store/apps/details?id=co.cellapp.smartpalika.Bagchaur&fbclid=IwAR2Zf7julh1iBqjsGDPfpmElrtrwlZvsN48VNSY1zL3VylSeM4xxAExqIck

मुख्य के कुराहरु छन त स्मार्ट पालिका बागचौर एपमा ?

  1. सूचना तथा समाचार
  2. नगर कार्यपालिकाको कार्यालय अन्तरगतका सम्पुर्ण शाखाबाट प्रदान गरिने सेवाको साथसाथै जिम्मेवार अधिकारिको विवरण
  3. हेल्लो मेयर मार्फत सजिलै नगर प्रमुख संग जोडिन सकिने
  4. न्यायिक समिति मार्फत सजिलै उप प्रमुख संग जोडिन सकिने
  5. जनगुनासो मार्फत सजिलै सूचना अधिकारी संग जोडिन सकिने
  6. यस नगरपालिका सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको नाम सम्पर्क नम्बर
  7. नागरिक वडापत्र
  8. डिजिटल प्रोफाइल ( यस डिजिटल प्रोफाइल अन्तरगत नगरपालिकाको तथ्याङ हेर्न सकिने)
  9. परिचय
  10. वडाहरुको विवरण
  11. योजना तथा वार्षिक कार्यक्रम
  12. ऐन, नियमावली तथा कार्यविधिहरु
  13. आकस्मिक सम्पर्क नम्बर

यसको साथसाथै यस बागचौर नगरबासीहरुले आफ्नो सम्पुर्ण विवरण आफै लगईन आइडि निर्माण गरि  हर्न सकिनेछ  । डिजिटल प्रोफइल निर्माण गर्ने क्रममा गणकले सर्वेको क्रममा दिएको टोकन नम्बर वा मोबाइल नम्बरको प्रयोग गरि सजिलै संग लगईन आइडि बनाउन सकिनेछ । साथै नयाँ तथ्याङ्क, जानकारी सूचनाहरु सजिलै अपडेट सम्पर्ण वडा कार्यालयहरुबाट  र नगर कार्यपालिकाको कार्यालयबाट गर्ने मिल्नेछ ।

बागचौर नगरपालिकाले निर्माण गरेको स्मार्ट पालिका बागचौर एप सम्पुर्ण बागचौर नगरबासीहरुको हात हातमा पुर्याउनका लागि नगरपालिकाले थप कार्यक्रमहरु अगाडि बढाउने लगायत प्रविधि मैत्री वातवरणलाई थप अगाडि लगिनेछ ।

 

 

शाखागत कर्मचारीहरु