FAQs Complain Problems

सरस्वती मावि पेदिखोलामा आठ कोठे भवनको उद्घाटन |

बागचौर नगरपालिकाको नमुना विद्यालय पुर्वाधार विकास कार्यक्रम अन्तरगत श्री सरस्वती माद्यामिक विद्यालय बागचौर नगरपालिका वडा न. ४ शिवरथमा नव निर्मित ८ कोठे भवन, सेमिनार हल र इलाइब्रेरीको पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधिसभा सल्यानका निर्वाचित सांसद तथा उक्त कार्यक्रमका प्रमुख अतिथि माननिय श्री टेकबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।

 

"विद्यामै छ महाशक्ति, कर्ममै छ सुपुजना" भन्ने मुल नारा रहेको उक्त कार्यक्रममा बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकी, उप-प्रमुख कल्पना पुन, वडा अध्यक्षहरु प्रेम बहादुर पुन, डिल्लि वली, भुपेन्द्र राज वली, मोहन खड्का, जिल्ला शिक्षा विकास ईकाइ प्रमुख लिलाधर बबाल, नेकपा नेता कृति बहादुर पुन, सिपि वलि, नगर शिक्षा प्रमुख टेकबहादुर डि.सि., नेपाल शिक्षक महासंघ बागचौर नगर अध्यक्ष उमेश बुढाथोकी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य गणेशमान सिंह लगायत विद्यालयका शिक्षक/शिक्षिका अभिभावक, विद्यार्थीहरुको बृहत उपस्थिति रहेको थियो ।

 

शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना अभियान कार्यक्रममा नगर प्रमुख बुढाथोकीले गर्नुभएको प्रतिवद्दता अनुरुप उक्त विद्यालयमा अध्ययनरत पढाइमा उत्कृष्ट तथा पिछडिएका विद्यार्थीहरुलाई व्यक्तिगतरुपमा पोशाक भत्ता स्वरुप नगद पुरस्कार वितरण गर्नुभएको छ। पुरस्कृत हुने विद्यार्थीहरु कक्षा १ का कृष्ण बस्नेत,कक्षा ६ का निर्मला वलि र कक्षा ८ नगर स्तरिय वार्षिक परिक्षा २०७४ मा बागचौर नगर बाट उत्कृष्ट हुन सफल छात्र/छात्रा कक्षा ९ का दिपा वलि र डिल्लि बस्नेतलाई नगद रु दुइ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु