FAQs Complain Problems

छैटौं नगर सभाको दोश्रो वैठक ।

बागचौर नगरपालिकाले ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाँको नयाँ बजेट पारित गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि पारित गरेको उक्त कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले संघीयताको मूल मर्मलाई बुझेर उक्त बजेट विनियोजन गरेको बताउनु भयो । श्रम तथा रोजगार, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, ज्येष्ठ नागरिक , अपाङ्गता, कला साहित्य र संँस्कृती, पूर्वाधार विकास, बन वातावरण तथा बिपद, सुशासन तथा संस्थागत विकास, सूचना सञ्चार तथा प्रविधि, न्याय तथा कानुन, बित्तीय व्यवस्था लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले जनतासंँग जनप्रतिनिधिको प्रत्यक्ष सम्बन्ध राख्ने हेतुले विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गरिने पनि बताउनु भयो ।कार्यक्रमहरूमा बालबालिकासंँग मेयर कार्यक्रम, जनतासंँग जनप्रतिनिधि कार्यक्रम, उपप्रमुखसँग आज नामक कार्यक्रम, आमा बुवा दुवै गुमाएका १० वर्ष मुनिका बालबालिकालाई वार्षिक रूपमा ५ हजार प्रदान गर्ने, २० रोपनी भन्दा बढी बाँझो जग्गा कृषि क्षेत्रमा प्रयोग गर्ने, प्रति घर परिवारलाई ५० हजार प्रोत्साहन स्वरूप प्रदान गरिने बताउनु भयो । कार्यक्रममा नगर प्रमुख बुढाथोकीले जनताको विकासमा जनता र जनप्रतिनिधिको सहभागिता रहनु पर्ने, विकास निर्माणको कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रहन सबैलाई अनुरोध गर्नु भयो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सचेतताका साथ सुरक्षित रहन,नगरबासीलाई आग्रह गर्नु भएको छ ।

“समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता , आर्थिक तथा पूर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ सञ्चालन भएको छैठौं नगर सभाबाट बितिय समानिकरण, अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकार, आन्तरिक श्रोत, र गत वर्षको अल्या गरेर जम्मा ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाँको बजेट नगर उपप्रमुख कल्पना पुनले सभामा प्रस्तुत गर्नु भएको थियो । नगर उपप्रमुख पुनले आर्थिक वर्ष २०७७/०७८ महिलामुखी सृजनशिलता, सुशासन सम्बन्धीका कार्यक्रमहरू पनि अगाडि बढाइएको बताउनु भयो ।

कार्यक्रममा बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, नगर सभाका सदस्यहरू, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बागचौर नगरपालिकाका अधिकृत पूर्णबहादुर वलीले गर्नु भएको थियो ।

Fiscal Year:

शाखागत कर्मचारीहरु