FAQs Complain Problems

वडा नं. ११

  • नगरपालिकाको वडा नं. ११ साबिक बाँफुखोला गाउँ विकास समितिका वडाहरू ६, ७, ८ र ९ मिलेर बनेको छ । वडा ११ को क्षेत्रफल १३.८१ वर्गकिमि छ । यस वडाको डिजिटल सर्भेअनुसार कुल घरधुरी संख्या३९९ रहेको छ भने कुल जनसंख्या २,०७१ रहेको छ । जसमा पुरुष १,०७१, महिला १००० र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या१,३८१ रहेको छ । साक्षर पुरुषको जनसंख्या७४३ रहेको छ भने साक्षर महिलाको जनसंख्या६३८ रहेको छ । बागचौर नगरपालिका सबैभन्दा कम घरधुरी वडा नं. ११ मा रहेका छन् । त्यसका साथसाथै यस नगरपालिकाको १२ वटा वडामध्ये यस वडामा सबैभन्दा कम जनसंख्यारहेको छ ।

    आलु उत्पादनमा विशेष मानिएको यो वडामा अदुवा, बेसार, टिमुर, मकै, गहुँ, बेमौसमी तरकारी खेतीका लागि पनि राम्रो मानिएको छ । वडामा बसोवास गर्ने व्यक्तिको मुख्य पेसा कृषि तथा पशुपंक्षीपालन रहेको छ । यसबाहेक व्यापार व्यवसाय तथा घरेलु उद्योग, थोक तथा खुद्रा व्यापार, शिक्षण, वैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन तथा सेवाजस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् ।

जनसंख्या: 
२०७१
वडाको सम्पर्क नम्बर: 
९८०९५४७६१७
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु