समाचार
वडा नं. १
- बागचौर नगरपालिकाको वडा नम्बर १ साबिक थारमारे गाउँ विकास समितिका तीन वडा मिलेर बनेको वडा हो । यो वडामा साबिकको
थारमारे गाविसका वडा नं. १, २, ३ गाभिएका छन् । १५.६६ वर्गकिमि क्षेत्रफल रहेको यस वडाको डिजिटल सर्भेअनुसार कुल
घरधुरी सब्ख्या ५७६ रहेको छ । यस वडाको कुल जनसंख्या २,८९३ रहेको छ । जसमा पुरुष १,४९९, महिला १,३९४ र अन्य शून्य रहेको छ ।
सर्भे अनुसार कुल साक्षर जनसंख्या १,९८९ रहेको छ । साक्षर पुरुषको जनसंख्या १,१२६ रहेको छ र साक्षर महिलाको जनसंख्या ८६३ रहेको छ ।
यस वडावासीको मुख्य पेसा कृषि तथा पशुपालन हो । कृषियोग्य जमिन प्रशस्तै रहेको वडामा धान, मकै, गहुँ, मौसमअनुसारका नगदेबाली
उब्जाउ हुने गरेका छन् । योबाहेक साना व्यापार व्यवसाय, थोक तथा खुद्रा व्यापार, शिक्षण, बैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल
जस्ता आयआर्जनका पेसा पनि यहाँका बासिन्दाले अँगालेका छन् ।
जनसंख्या:
२८९३
वडाको सम्पर्क नम्बर:
9851174814
Weight:
0