FAQs Complain Problems

बांगेलाकुरी बजारमा भएको आगजनीले गर्दा प्रभावित भएका पीडित परिवारलाई राहत वितरण

आज मिति २०७४ चैत्र ४ गते यस बागचौर नगरपालिकाको कार्यालयमा नगर प्रमुख श्रीमान लोकमान बुढाथोकी ज्यु को प्रमुख नेतृत्वमा बसेको कार्यपालिकाको वैठकको मुख्य बिषय हिजो मिति २०७४ चैत्र ३ गते यस बागचौर नगरपालिका वडा न.५ बांगेलाकुरी बजारमा भएको आगजनीको बारेमा छलफल गरिएको थियो | उक्त दुखद घटनालाइ मध्यनजर गर्दै पिडित परिवारलाई राहतको व्यवस्था गर्ने निर्यण गरियो | कार्यक्रमको निर्णय अनुसार बागचौर नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री लोकमान बुढाथोकी ज्यु वाट राहत स्वरूप बांगेलाकुरी बजार व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुनलाई सामान तरिकाले पिडित परिवारलाई राहत वितरण गर्ने सर्तमा राहत हस्तान्तरण गर्नुभएको छ |

उक्त कार्यक्रममा भएक अन्य निर्णयहरु 

१. बाङेलाखुरी बजारमा घटेको आगालागीको घटना प्रती दु:ख ब्यक्त ।

२. आगालागीको घटना छानबिन गर्न उप-प्रमुख कल्पना पुनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन, समितीले ७ गते भित्र प्रतिबेदन प्रस्तुत गरिसक्नुपर्ने 

३.  जुन उदेश्य लिएर पसल दर्ता भएको छ, सो कार्य मात्र गर्ने । दर्ता भन्दा बाहिरको कार्य गरेको पाइएमा कारबाही गर्ने ।

 

शाखागत कर्मचारीहरु