FAQs Complain Problems

बागचौर नगरपलिका को पहिलो पुर्ण सरसफाई उन्मुख टोल भनेर बागचौर बजार टोल अनि लस्तम जिउला टोल लाई घोषणा

बागचौर नगरपालिका वडान २ को बागचौर र लस्तम जिउला टोल लाई एक कार्यक्रमका बिच  मिती २०७४-११-१० गतेका दिन  सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ ।

बागचौर नगरपालिका वडान २ को आयोजना, SNV नेपाल र पास नेपालको समन्वएमा भएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले तत्कालनै नगरपालिकालाई सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने कार्यमा लाग्न सम्पूर्ण वडा अध्यक्ष हरुलाई निर्देशन दिनु भएको छ ।मानव जिवनमा सरसफाइ एउटा महत्त्वपूर्ण पक्ष भयकाले सफा सुन्दर नगर बनाई नगर बासिको बेग्लै पहिचान दिन आफू आतुर रहेकाले उक्त कार्यलाई छिटै निरंतरता दिने वचन दिनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि बागचौर नगरपालिका का कार्यकारी अधिकृत भिस्मा कुमार मल्ल, पास नेपाल सल्यान का अध्यक्ष ज्ञानेस्वर के सि लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बागचौर नगरपालिका वडा न २ का वडा अध्यक्ष घनस्याम शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम,जनचेतनामूलक सडक नाट्क समेत प्रस्तुत गरिएको थियो । बागचौर र लस्तम जिउला टोल लाई सल्यान जिल्ला को तेर्सो र बागचौर नगरपालिका को पहिलो पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरियको हो ।

शाखागत कर्मचारीहरु