FAQs Complain Problems

वडा नं. ३

बागचौर नगरपालिकाको वडा नं. ३ साबिक थारमारे गाउँ विकास समितिका वडाहरू ६, ७ र ९ मिलेर बनेको छ । वडा ३ को क्षेत्रफल १८.११ वर्गकिमि रहेको छ । यस वडाको डिजिटल सर्भे अनुसार कुल घरधुरी संख्या ४९१ रहेको छ । यस वडाको कुल जनसंख्या २,८१९ रहेको छ । जसमा पुरुष १,४७६, महिला १,३४३ र अन्य शून्य रहेको छ । सर्भेअनुसार कुल साक्षर जनसंख्या १,४१८ रहेको छ । साक्षर पुरुषको जनसंख्या ७४५ र साक्षर महिलाको जनसंख्या ६७३ रहेको छ ।

यस वडामा कृषि मुख्य पेशाको रुपमा रहेको छ । कृषि बाहेक व्यापार व्यवसाय, थोक तथा खुद्रा व्यापार, शिक्षण, बैदेशिक रोजगारी, सरकारी सेवाका साथै होटल, पर्यटन जस्ता आयआर्जनका पेसाबाट यहाँका जनताले आफ्नो जीविकोपार्जन गर्ने गर्छन् ।

मकै, गहुँ, धान, सुन्तला तथा बेमौसमी तरकारी खेतीका लागि यो वडा राम्रो मानिएको छ । व्यवसायिक कृषि प्रवर्द्धन गर्न यो वडामा विशेष ध्यान दिइएको छ ।

जनसंख्या: 
२८१९
वडाको सम्पर्क नम्बर: 
९८०६२०४२६२
Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Weight: 
0

पदाधिकारी / कर्मचारी

शाखागत कर्मचारीहरु