FAQs Complain Problems

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न

आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ! 
ग्रामीण तथा सहरी महिलाको जीवन स्तरको रुपान्तरण !!

भन्ने मुल नाराका साथ आज मिति २०७४ साल फागुन २४ गते बागचाैर नगरपालिका २ बागचाैर मा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा बागचौर नगरपालिका १,२ र ३ वडाका महिला,आमा समुहहरुको उल्लेखनीय सहभागीता रहेको थियो |  "महिला दिवस र यसको महत्व" शीर्षकमा बक्तित्वकला र लोकगित प्रतियोगिता का साथै बिभिन्न आमा समुहहरुबाट लोकगित, निर्त्य  तथा जनचेतनामुलक नाटक पनि प्रस्तुत गरियको थियो | उक्त कार्यक्रममा आमा समुहहरुलाई यातायात खर्च र  बिजय हुने टिमलाई  प्रमाण पत्र सहित आकर्षक पुरुस्कारले सम्मान गरियको थियो | 

 यसैगरी साबिकका गाविसहरु अन्तर्गत  सिवरथ  बा.न.पा. ४ र ५ ,कोटबारा बा .न. पा ६ र ७, कोटमौला बा.न.पा.  ८ र ९ , पिपलनेटा बा .न. पा. १० र बाफुखोला बा.न.पा . ११ र १२  मा  वडा कार्यालयहरुको आयोजनामा छुट्टाछुट्टै कार्यक्रमहरु सम्पन्न भएका छन् |

नगरपालिका प्रमुख श्रीमान  लोकमान बुढाथोकी ज्यु ले एक जीवनलाइ जन्म दिने नारी आफैंमा महान छिन,एक आमा देखी लिएर सारा नाताहरु सहजै निभाउँछिन्।सानो सानो कुरामा आँशु झार्छिन,तर कमजोर पक्कै छैनन। तर हरेक सासुले बुहारीलाई छोरीजस्तै ठानुनू।हरेक बुहारीले सासुलाई आमाजस्तै मानून। भाउजूले नन्दको हक नखोसुन्,नन्दले भाउजूलाई दुश्मन नसोचून्।हरेक छोरीका लागि कुनै अधिकारका लागि छेकवार नहोस्।जवसम्म महिलाहरूको 'अधिकार माग्नुपर्छ' भन्ने मानसिकता र पुरुषहरुको 'अधिकार दिनुपर्छ' भन्ने मानसिकताको अन्त्य भै ' समान अधिकार छ' भन्ने साझा मानसिकता समाजमा स्थापित हुदैन , तबसम्म नारी -पुरुष बिचको विभेद हट्न सक्दैन।!परिवारको खुशी मै आफ्नो सौन्दर्य देख्ने अनि सन्तानले खाएको हेरेरै आफ्नो पेट भर्ने महान आमाहरु लगाएत सम्पुर्ण नारिलाई नारी दिवसको शुभकामना दिदै  कार्यक्रम को समापन गर्नु भएको  थियो |

 

 

 

शाखागत कर्मचारीहरु