FAQs Complain Problems

बागचौर नगरपालिकाको ८ औं नगरसभा ५ वर्ष कार्यकालको समिक्षा सहित सम्पन्न ।

 

बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको उक्त नगरसभामा ५ वर्ष कार्यकालमा आफुले जनतासामु गरेका प्रतिवद्दताको समिक्षा गर्नुभएको छ ।

यो कार्यकालको अवधिमा २ वर्ष त कोरोनाले नै असर गरेकोले सोचेजति कामहरु पूरा हुन नसकेको बताउँदै नगरबासिहरुबाट आउने हरेक राम्रा अनि नाराम्रा कामहरुको श्रेय नेतृत्वले नै लिनुपर्ने बताउनु भयो ।

बागचौरमा मिनि अक्सिजन प्लान्ट सहितको आइसोलेसन, पर्यटन तर्फ अग्ला टाकुरा भ्यूटावर निर्माण, शहिद रिङरोड, लिफ्ट खानेपानी निर्माणको साथै साविकको ५४ वटै वडाहरुमा विद्युत लाईन विस्तार यो कार्यकालमा पुरा हुने कुरा व्यक्त गर्नु भयो ।

चालु आर्थिक वर्ष र गत वर्ष कार्यान्वयन नभएको विद्युत तर्फको योजना सहित करिव ६ करोड बराबरको बजेट चालु आ.व. मा सम्पन्न गर्ने र साविकको ५४ वटै वडाहरुमा विद्युत लाइन बिस्तार गर्ने कार्य तिव्र रुपमा अगाडी बढिसकेको कुरा पनि अवगत गराउनु भयो ।

आठौं नगरसभामा नगर प्रमुख बुढाथोकीले प्रस्तुत गर्नु भएको चालू आर्थिक बर्षमा संचालन गर्ने केही संशोधित योजनाहरु लाई समेत सभाबाट एक रुपताका साथ पारित गरिएको थियो ।

बागचौर नगरपालिका नगरसभा सदस्यहरु, सम्पुर्ण कर्मचारीहरु, पत्रकारहरु सहितको उपस्थिति रहेको उक्त ८ औं नगर सभामा बोल्दै नगर उपप्रमुख श्री कल्पना पुनले पनि ५ वर्ष कार्यकालको समिक्षा गर्नु भयो ।

यस ५ वर्ष कार्यकालमा बागचौर नगरपालिकामा आवश्यक कर्मचारीको पदपूर्ति नहुनु,कर्मचारीको सरुवा हुनु र उपभोक्ताहरुले समयमा काम नगरिदिनु जस्ता विभिन्न चनौतिका कारण पनि सोचेजती काम गर्न नसकेको बताउनुभयो ।

बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर हमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख श्री सुशील थापा, वडा अध्यक्ष,वडा सदस्य,पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसीले गर्नुभएको थियो ।