FAQs Complain Problems

स्थानीय सरकारले सिहंदरबारको अनुभूति दिलाउनु पर्छ : टेक बहादुर बस्नेत

नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका बिच स्थानीय सरकारले जनतालाई सेवा सुविधा सहितको सिहंदरबारको अनुभूति दिलाउनु पर्ने बताएका छन् ।

श्री बालकन्या माध्यमिक बिधालय बागचौर नगरपालिका वडा न ७ को प्रथम अभिभावक दिवस तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले पछिल्लो समयमा बिधालयहरूमा शैक्षिक सुधारका गतिविधिहरू बढाउँदै गर्दा बाल विवाहको प्रचलन बढ्दै गएकाले यसको अन्त्य गर्न स्थानीय सरकार र बिधालयहरु सक्रियताका साथ लाग्नु पर्ने बताएका छन् ।

पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका भएका बस्नेतले जतनाको त्याग, तपस्या र बलिदान बाट निर्माण भएको संघियताले केन्द्रमा रहेको सीमित सिहंदरवार लाई स्थानीय तहमा पुर्‍याएको र उक्त सिहंदरवारको सेवा सुविधालाई सहज तरिकाले जनता सम्म प्रवाह गर्न सके संघियताको उपलब्धि हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आगामी आर्थिक वर्ष बाट स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकारको तालमेल बनाएर अगाडि बढ्ने र सरकार बाट स्थानीय तहमा आएको विकासे बजेटलाई प्रादर्शी तरिकाले विकासमा बिनियोजन गर्ने र प्रयोगमा ल्याउने बताएका छन् ।

शाखागत कर्मचारीहरु