FAQs Complain Problems

स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको आज बागचौरमा उद्घघाटन

  • स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको आज बागचौरमा उद्घघाटन गरिएको छ ।

    जिल्ला समन्वय समितिको कार्यालय सल्यानको आयोजनामा भएको उक्त तालिममा आउदो आर्थिक वर्ष २०७५/0७६ को बजेट तथा योजना तर्जुमा गर्दा स्थानिय श्रोत साधनकको प्रयोग गरि छिटो प्रतिफल दिने र दिर्घकालिन प्रतिफल दिने सम्भावित योजनाहरुको छनोटलाइ मध्यनजर गर्दै प्रशिक्षण दिइने बताएको छ ।उक्त तालिमले आर्थिक ऎन तथा निति नियमलाइ पालना गर्दे नगरका कार्यक्रमहरु अगाडि बढाउनेमा पनि थप हौसला दिने बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकीले बताउनु भएको छ ।जिल्ला समन्वय समिति सल्यानका सभापति श्री केश बहादुर बिष्टको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेको प्रमुख आतिथ्यमा संचालन भएको तालिमको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका उप-सभापति हरि प्रकाश बुढाथोकि , बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी , उप-प्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, जिल्ला समन्वय समितिका सदस्य पोखर बहादुर के.सी र यज्ञ बहादुर चन्द रहनुभएको थियो ।

    दुइदिने तालिमको पहिलो दिनमा,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला समन्वय समिति अधिकारी खिम बहादुर रायमाझी र बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले सहजीकरण गर्नु भएको थियो।
    आइतबार सम्म संचालन गरिने उक्त तालीममा बागचौर नगरपालिकाका कर्मचारी,वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी रहनु भएको छ भने,कार्यक्रमको संचालन बागचौर नगरपालिकका कार्यक्रम अधिकृत पुर्ण बहादुर वलीले गर्नु भएको थियो |

शाखागत कर्मचारीहरु