FAQs Complain Problems

२५ सैयाको कोभिड-१९ आइसोलेसन केन्द्रको उद्घाटन ।

बागचौर नगरपालिका सल्यानले कोभिड १९ संक्रमितका लागी अक्सिजन सहितको २५ शय्याको आइसोलेसन वार्ड आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाको आइसोलेसन केन्द्रमा १ जना मेडिकल अधिकृत (MBBS), ४ जना हेल्थ असिस्टेन्ट(H.A.), २ जना स्टाफ नर्स, ३ जना अनमी सहितको स्वास्थ्यकर्मीको टिम र ५ जना कार्यालय सहयोगी सहितको टोली परिचालन गरेको छ । आइसोलेसन सेन्टरमा ३८ वटा ठुला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर रहने छन् । अहिले ८ वटा अक्सिजन सिलिन्डर आइसकेका छन् भने बाकी सामान आउँदै गरेका छन् ।

आइसोलेसन केन्द्रमा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले व्यक्तिगत रूपमा २० थान नयाँ अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको छ । जसमध्ये ८ थान आइसोलेसन केन्द्रमा आइसकेका छन् भने १२ थान आउँदै गरेका छन् । त्यसैगरी व्यक्तिगत रूपमा नै ल्याएका ६० हजार पिस सर्जिकल मास्क र के एन नाइन्टी फाइभ मास्क ३ सय पिस मध्य बागचौर नगरपालिकालाई ४१ हजार २ सय पचास पिस उपलब्ध गराउनुभएको छ । बाकी मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत, कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई सो सामान नगर प्रमुख बुढाथोकीले उपलब्ध गराउनु भएको हो । नगर प्रमुख लोकमान बुढाथोकीले नगरपालिकालाई १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्ड स्ट्यान्ड समेत उपलब्ध गराउनुभएको छ ।

नगर प्रमुखले आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने पहिले नै उद्घोष गरिसक्नुभएको थियो । यस अगाडि पनि नगर प्रमुखले नगरपालिकाले कोरोना रोकथाम तथा उद्धारको लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गर्नुभएको थियो ।

आइसोलेसन सञ्चालनमा आएसँगै कोभिड १९ का बिरामीहरूलाई, नगर भित्रै उपचार गराउन सहज हुने उपप्रमुख कल्पना पुनको भनाइ छ । थोरै दिनमा दिनरात नभिन काम गरे प्रस्चात २५ शय्याको आइसोलेसन वार्ड बनाउन सफल भएको उहाँले बताउनुभएको छ । प्रत्यक्ष सहभागी भएर आइसोलेसनलाई सञ्चालनमा ल्याउन सहयोग गर्नुहुने स्थानीय बासिन्दाहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू लगायत सबैलाई बागचौर नगरपालिकाले धन्यवाद व्यक्त गर्दछ उहाँले भन्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई खतिवडा, नेपाली सेनाका कर्नेल श्री कन्चन कृष्ण बस्नेत, डिएसपी श्री गोबिन्द थापा, सशस्त्र डिएसपी श्री सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान डिएसपी श्री विनोद दवाडी, लगायतको टोलीले बागचाैरमा बनेको आइसोलेसन केन्द्रको अनुगमन समेत गरेको छ ।

आइसोलेसनको उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, स्वास्थ्य शाखा प्रमुख हरि कठायत, सूचना अधिकृत तीर्थराज डाँगी, योजना शाखा प्रमुख पूर्ण ओली, रोजगार संयोजक नवराज डाँगी, स्टोर प्रमुख लालबहादुर डि.सी, बागचौर नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरू, बागचौर नगरपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, पत्रकारहरू, शिक्षकहरू लगायत स्थानीय बासिन्दाहरूले सामाजिक दुरी कायम राखेर उपस्थिति जनाउनुभएको थियो ।

२५ शय्याको आइसोलेसन केन्द्रमा बिजुली, शौचालय, खानेपानी, सरसफाइ, क्यान्टिन, इन्टरनेट लगायतका अन्य सुविधाहरू समेत रहेका छन् ।

Fiscal Year:

शाखागत कर्मचारीहरु