बिगत १६ महिना देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका मल्ल नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।
बागचौर नगरपालिकाको चौथो नगर सभा शुक्रवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको बागचौर नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।
बागचाैर नगरपालिकाकाे आयाेजनामा नगरपालिका भित्रका १० वटा माविका कक्षा ९ मा अध्ययनरत ३० जना उत्कृष्ट विद्यार्थीहरूकाे आजदेखि जनकल्याण नमुना मावि थारमारेमा उपलब्धि परीक्षण परीक्षा सुरु भएकाे छ ।
शिक्षा समितिको आयोजनामा मा. वि. स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिताको आज सहिद दिवस (माघ १६ गते ) को अवसर पारेर जनकल्याण नमूना मा. वि. थारमारेको प्राङ्गणमा सुरु भएको छ ।