FAQs Complain Problems

बागचाैर नगरपालिका भित्रका विद्यार्थीहरूकाे क्षमता पहिचानका लागि नगर स्तरिय परिक्षा सुरु ।

बागचाैर नगरपालिकाकाे आयाेजनामा नगरपालिका भित्रका १० वटा माविका कक्षा ९ मा अध्ययनरत ३० जना उत्कृष्ट विद्यार्थीहरूकाे आजदेखि जनकल्याण नमुना मावि थारमारेमा उपलब्धि परीक्षण परीक्षा सुरु भएकाे छ ।

एसईई परीक्षालाई मध्यनजर गरी बागचाैर नगरपालिका भित्रका विद्यार्थीहरूकाे क्षमता पहिचानका लागि सुरु गरिएकाे उक्त परीक्षामा नेपाली,अङ्ग्रेजी ,विज्ञान र गणित विषयकाे परीक्षा हुनेछ ।

विद्यार्थीहरूमा पठन संस्कृति घट्दै गएकाे र चाेरी संस्कृति बढेकाे भन्ने अभिभावककाे गुनासाे अाएकाले प्रत्येक विद्यालयबाट ३/३ जनाका दरले उत्कृष्ट विद्यार्थीहरूलाई एउटै केन्द्रमा जम्मा गरी विद्यार्थी ,विषयगत शिक्षक र विद्यालयसमेतकाे क्षमता पहिचानका लागि यति बेला उपलब्धि परीक्षण परीक्षा गर्नु परेकाे र उक्त परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरष्कृत गरिने बागचाैर नगरपालिका प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष श्री लाेकमान बुढाथाेकीले बताउनु भयाे ।

Fiscal Year:

शाखागत कर्मचारीहरु