FAQs Complain Problems

बागचौर नगरपालिका वडा नं.८को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को इतिहास राजनीतिक रुपले जिल्लामै नमुना रहेको बताउनु भयको छ । विभिन्न पाटी बाट मन्त्री देखी केन्द्रिय स्तर सम्मका नेता जन्माउन सफल बागचौर नगरपालिका वडा नं.८ का जनताहरुमा आत्मीय एकता हुन जरुरत रहेको उहाँले बताउँनु भयो ।

शनिबार बागचौर नगरपालिका वडा नं.८को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।नगर,जिल्ला हुँदै केन्द्रिय स्तरसम्म हाँक्ने नेताहरू उक्त वडाकै भएकाले बागचौर नगरपालिका वडानं.८ का जनताहरुलाई निरास नहुन अनुरोध गर्नु भएको छ ।बरु आफ्नो वडा हुँदै समग्र जिल्लाको बिकासका लागी सबै वडावासी एकीकृत भएर नेताहरु लाई खबरदारी गर्नअनुरोध गर्नु भयो ।कार्यक्रममा बोल्दै बुढाथोकीले बिगतमा खेल क्षेत्रमा भने जस्तो बिकास हुन नसक्नुको मुख्य कारण केन्द्रिकृत राज्य सत्ता भएको बताउनु भएको छ ।खेल क्षेत्रलाई सिमित दायरामा राखेर सर्बसाधारणको पहुँच भन्दा बाहिरको बिषय बनाइएको कारण बिगतमा खेल क्षेत्रमा सोचे जस्तो बिकास हुन नसकेको उहाँले बताउनु भयो ।स्थानीय सरकार भए यता बागचौर नगरपालिकाले खेल क्षेत्रको बिकास गर्न हरदम प्रयास गरिरहेको बताउनु भएको छ ।खेलाडीहरू राष्ट्रका सम्पत्ति भएकाले राष्ट्रिय सम्पती उत्पादन गर्न आफुहरु लागी परेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै बुढाथोकीले नगरको बिकासमा आफुहरु निस्वार्थका साथ लागी परेको र काम गर्ने क्रममा बागचौर नगरपालिका भित्रका जनप्रतिनिधिहरुका कुनै कमिकमजोरी देखे बेलैमा सम्बन्धित निकायमा औल्याइदिनु हुन समेत अनुरोध गर्नु भएको थियो ।बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को वडा कार्यालय निर्माणको लागी जग्गा दानगर्नु हुने दान दाताहरूलाई समेत धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथी बागचौर नगरपालिकाकी उप प्रमुख कल्पना पुन,पुर्व बिधायीका तथा नेकपाकी नेता टिका बुढाथोकी र बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले देशको खेल क्षेत्रको बिकासको लागी नेपाल सरकारको गुरु योजना अनुसार सबै लाग्नु पर्ने बताउनु भयो ।देशको बिकासको लागी दक्ष जनशक्तिको आवश्यक्ता पर्ने भएकाले त्यता तिर लाग्न पनि सबैलाई अनुरोध गर्नु भयो ।पछिल्लो समयमा बिकासका सबै पक्षमा महिलाहरुको उत्साहजनक सहभागीता र आत्मनिर्भरताले समृद्ध देश निर्माणमा टेवा पुगेको बताउनु भयो ।उहाँहरुले समृद्ध नगर निर्माणको पुर्वाधार खेल क्षेत्र पनि भएकाले यसलाई निरन्तर प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन 'प्रकाण्डले बागचौर नगरपालिकाले खेल क्षेत्रमा सोचे अनुसार बिकास गर्न सक्ने बताउनु भएको छ ।पछिल्लो पुस्ताको खेलप्रतिको आकर्षण र बागचौर नगरपालिकाको खेल क्षेत्रलाई हेर्ने सकारात्मक दृष्टिकोणले गर्दा पनि बागचौर नगरपालिका भित्र खेलमय वातावरण बनिरहेको बताउनु भयो ।कार्यक्रममा बागचौर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष मोहन खड्का,९ का मोहन चन्द,७ का शेर बहादुर घर्ती,नेकपाका नेता जनक घर्ती ,श्री बालकन्या माबी कोटबाराका अध्यक्ष सोभाराम भण्डारी लगाएतकाले कार्यक्रम सफलताको लागी शुभकामना व्यक्त भएको थियो ।

वडा नं.८ का वडा अध्यक्ष रोमु शाहिको अध्यक्षता बाट सुरु भएको प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ, माघ १ गते सम्म संचालन हुनेछ।

Fiscal Year:

शाखागत कर्मचारीहरु